२६ कार्तिक २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी अगुवासँग छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना



अ+ अ-

काठमाडौँ । जेन–जी आन्दोलनका अगुवाहरूसँगको छलफलका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

शीतलनिवासमा शनिबार बिहान जेन–जी पक्षका २२ जना अगुवा राष्ट्रपतिसँग भेटवार्ताका लागि पुगेका थिए ।

छलफल चलिरहेको क्रममा पौडेललाई अचानक टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको थियो ।

अस्पताल स्रोतका अनुसार राष्ट्रपति पौडेलको अवस्था अहिले स्थिर छ ।

‘अवस्था स्थिर छ, तर थप परीक्षणका लागि अस्पतालमै भर्ना गरेर राखिएको छ’ अस्पताल स्रोतले बतायो ।

छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी थिइन् । २३ र २४ भदौको जेन–जी प्रदर्शनपछि सेनासँग भएको संवाद र त्यसपछिका वार्ताबारे समीक्षा गर्न छलफल आयोजना गरिएको थियो ।

शीतलनिवास पुगेका जेन–जी प्रतिनिधिमध्ये रक्षा बम, युजनराज भण्डारी, सुधन गुरुङ, मिराज ढुंगाना लगायत उपस्थित थिए ।

तर, केही युवाहरूले आफूहरूलाई वार्तामा सहभागी हुन नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।