४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलले आक्रमण रोक्यो, गाजावासीहरू घर फर्कन थाले



अ+ अ-

नुसिरात। इजरायलले युद्धविराम घोषणा गर्दै शुक्रबार गाजामा सेना फिर्ता गर्न सुरु गरेसँगै हजारौं विस्थापित प्यालेस्टिनीहरू आफ्नो घ। वस्तीमा फर्कन थालेका छन् ।

दुई वर्षको क्रूर युद्धपछि गाजामा रहेका इजरायलका बाँकी बन्धकहरूका परिवारहरूमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको युद्धविराम कायम हुने आशा जागेको छ।

इजरायली सेनाले युद्धविराम सम्झौता र बन्धकहरूको फिर्तीको तयारीका लागि स्थानीय समय अनुसार मध्यान्हमा सैन्य कारबाही बन्द गरेको बताएको छ।

इजरायलले सैन्य कारबाही बन्द गरेको घोषणा गरेको तीन घण्टापछि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ट्रम्पको शान्ति योजनामा इजरायलले फिर्ता हुने पहिलो चरणको काम पूरा भएको पुष्टि गरेको थियो । इजरायली सेनाले अझै पनि प्यालेस्टाइनको ५३ प्रतिशत भूभाग कब्जा गरेको छ ।

इजरायली सेनाको फिर्तीसँगै हमासलाई गाजामा रहेका बाँकी बन्धकहरूलाई रिहा गर्न ७२ घण्टाको समयसीमा तय भएको छ।

यसैबीच, इजरायलले रिहा गर्ने योजना बनाइएका सन् २०२३ अक्टुबर ७ पछि पक्राउ परेका २५० सहित एक हजार ७०० प्यालेस्टिनी कैदीहरूको सूची प्रकाशित गरेको छ ।

युद्धविराम सुरु भएपछि दुई वर्षको भीषण बमबारीपछि संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको अनिकालको अवस्थाबीच थकित प्यालेस्टिनीहरूको लामो लहर दक्षिणी शहर खान युनिसबाट उत्तरमा आफ्ना भत्केका घरहरूतर्फ यात्रा सुरु गरेका छन्।

गाजा र इजिप्टबीचको राफा सीमामा रहेको युरोपेली सङ्घको मिसनले आगामी अक्टोबर १४ देखि पैदल यात्री मार्ग पुनः खोल्ने भएको इटालीले जनाएको छ ।

युद्धविराम सम्झौताअनुसार हमासले दुई वर्षअघि भएको आक्रमणका क्रममा अपहरणमा परेका २५१ जनामध्ये अझै पनि बन्धक बनाइएका ४७ जना जीवित र मृत व्यक्तिलाई हस्तान्तरण गर्नेछ भने सन् २०१४ देखि गाजामा बन्धक बनाइएका थप एक व्यक्तिको अवशेष पनि फिर्ता हुने अपेक्षा गरिएको छ। (रासस/एएफपी)