६ पुष २०८२, आईतवार
,
Latest
परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत पसिनाका गन्धमा सफलता खोज्ने तिवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्तीले दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै



अ+ अ-

कञ्चनपुर। कञ्चनपुरमा जङ्गली हात्तीको बथान दिउँसै किसानको खेतमा पसेर काट्न तयार धानबालीमा क्षति पुर्‍याउन थालेका छन् ।

आज बिहान बेदकोट नगरपालिका–१० नयाँगाउँमा करिब ३५ वटा हात्तीले छ जना किसानको करिब एक बिघा धानबाली खाएर नोक्सानी पु¥याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्जुन कठायतको पाँच कठ्ठा, चन्द्र कठायत, खगेन्द्र रावल र रामबहादुर रावलकको छ कठ्ठा, बृख रावलको तीन कठ्ठा र नवल रावलको पाँच कठ्ठा धानबाली हात्तीले खानुका साथै कुल्चिएर क्षति पु¥याएको हो ।

किसान रामबहादुरले काट्न तयार भएको धान हात्तीको बथानले नष्ट गरेपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता लागेको बताउनुभयो । यही असोज २२ गते हात्तीको एक बथानले बेलौरी नगरपालिका–९ कुण्डाका चार किसानको पाक्न लागेको करिब २३ कठ्ठा धानबालीमा क्षति पु¥याएको थियो ।

छ दिनअघि मात्रै भीमदत्त नगरपालिकाको गोवरैयामा पनि दिउँसै धान खेतमा हात्तीेको बथान पसेर क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट निस्केका हात्तीका बथानले भीमदत्त, दोधारा–चाँदनी, बेदकोट र शुक्लाफाँटा नगरपालिकाका मध्यवर्ती क्षेत्रका धानबालीमा निरन्तर क्षति पुर्‍याउँदै आएका छन् ।रासस