१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकक्रेनको ठक्करबाट एक जनाको मृत्यु



अ+ अ-

सप्तरी। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनीचोकमा ट्रकक्रेनको ठक्करबाट आज एक जना वृद्धको मृत्यु भएको छ ।

सडक निर्माणका लागि सिङ्गापुरबाट यहाँ ल्याइएको ट्रकक्रेनले वृद्धलाई ठक्कर दिएको थियो ।ट्रकक्रेनको ठक्करबाट स्थानीय ७६ वर्षीय वमभोल चौधारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेहाई पुल नजिक (डोजर) स्काभेटर बोकेर पूर्वबाट पश्चिमतर्फ पछाडि सार्दै गरेको ट्रकक्रेनले सोही दिशाबाट साइकलमा जाँदै गरेका चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो । रासस