४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ सम्पन्न गरी खट थन्क्याइयो



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका-५ स्थित हाँडीगाउँ क्षेत्रमा ‘कहीँ नभएको जात्रा’ सम्पन्न गरी खट यथास्थानमा राखिएको गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ।

प्रत्येक वर्ष कार्तिक कृष्ण प्रतिपदादेखि तृतीयासम्म यस क्षेत्रमा चोक्काथुनारायणको जात्रासमेत भनिने कहीँ नभएको हाँडीगाउँको जात्रा हुने गरेको हो।

यो जात्राका सबै काम सकेर आज सबै खटलाई यथास्थानमा राखिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख लक्षुणा शर्माले राससलाई जानकारी दिनुभयो । बुधबारदेखि सुरु भएको जात्रा आज सम्पन्न भएको हो। यो जात्रा हेर्न हाँडीगाउँ क्षेत्रमा दर्शकको घुइँचो लाग्ने गर्दछ।

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आइएको उनले बताए। यो जात्रालाई तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिन्छ। देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो।

चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो। गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ।

मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो। चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँः एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहनुभएका यज्ञनाथ आचार्यले राससलाई जानकारी दिए। रासस