११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

लहान नगरद्वारा खाद्य संस्थानलाई सामग्री सहयोग

लहान नगरद्वारा खाद्य संस्थानलाई सामग्री सहयोग
अ अ+ अ-

सिरहा। जेनजी प्रदर्शनका क्रममा लुटपाट, आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लहान शाखा कार्यालयलाई पुनः सञ्चालनमा ल्याउन लहान नगरपालिकाले आवश्यक सामग्री सहयोग गरेको छ ।

आज नगरप्रमुख महेशप्रसाद चौधरीले एक कार्यक्रमका बीच संस्थानलाई कम्प्युटर एक थान, प्रिन्टर एक थान, १० वटा कुर्सी, चारवटा टेबल, १० वटा प्लास्टिकका टेबललगायत सामग्री हस्तान्तरण गर्दै कार्यालयलाई स्थायित्व दिन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खाद्य संस्थानका कारण यहाँका किसानले धानको उचित मूल्य पाएका छन्, त्यसैले कार्यालय अन्यत्र स्थानान्तरण गर्नु उपयुक्त हुँदैन । स्थानीय तहको सहयोगमा यो कार्यालयलाई यहीँ टिकाइराख्ने निर्णय गरेका हौँ ।”

यसअघि पनि लहानको खाद्य संस्थानमा पटकपटक लुटपाट भएकाले कार्यालय स्थानान्तरणको बहस चलिरहेको अवस्थामा स्थानीय तहको सक्रियतामा कार्यालयलाई पुनः सञ्चालनमा ल्याउने प्रयास गरिएको हो ।

कार्यालय पुनः सञ्चालनका लागि आवश्यक सामग्री प्राप्त भएपछि व्यापार कम्पनी लहान शाखाका प्रमुख दीपक सुनारले कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री प्राप्त भएसँगै दैनिक कामकाज सहज भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ सामग्री पाएसँगै नियमित रूपमा दैनिक प्रशासनिक कार्य सहज र व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्नेछ ।”

कार्यालयका अनुसार गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा खाद्य संस्थानको कार्यालयमा आगजनी हुनुका साथै चारवटा गोदाममा भण्डारण गरिएको आठ हजार १४८ क्विन्टल चामल, तीन हजार २२० क्विन्टल चिनी, ५३ क्विन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा लुटिएका थिए ।

त्यसैगरी, खाद्यान्न भण्डारणमा प्रयोग हुने विशेष प्रकारका ‘फ्युमिगेसन सिट’ समेत लुटिएको थियो । संस्थानका अनुसार लुटपाटबाट भएको अनुमानित क्षति रु १० करोड ९१ लाख २२ हजार ८२७ रहेको छ । लुटपाटपछि स्थानीय युवा र प्रशासनको संयुक्त प्रयासमा दुई सय ९३ क्विन्टल ४३ किलो चामल र सात क्विन्टल ८४ किलो चिनी फिर्ता भएको खाद्य संस्थानले जनाएको छ ।

यसअघि पनि २०६३ सालको मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनका क्रममा गरी तीनपटकसम्म लहानको खाद्य कम्पनीमा लुटपाट भइसकेको छ । सोही कारणले आगामी दिनमा सामान्य आन्दोलनका बेलामा पुनः लुटपाटको जोखिम उच्च रहेको स्थानीय बताउँछन् । रासस