१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



अ+ अ-

झापा। यहाँको शिवसताक्षी नगरपालिका–१ मा मन्दिर टोलमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पौडेलकाअनुसार सो दुर्घटनामा बिर्तामोड–५ निवासी  अन्दाजी २५ वर्षीया निरूता भट्टराईको मृत्यु भएको हो ।

पाराबारीबाट धरमपुर चोकतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प ९३५८ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोही स्कुटी पछाडि सवार सिन्धुपाल्चोक चिम्लिङबेसी–४ निवासी ३४ वर्षीय सीताराम पराजुली र मोटरसाइकल चालक मोरङ उर्लाबारी–१ निवासी अन्दाजी  वर्ष–३१ का सुरज कार्की गम्भीर घाइते भएका छन् ।

उनीहरूको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस