५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुहुने



अ+ अ-

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिनुहुने भएको छ ।

उहाँले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि असोज २८ गते विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले प्रदेशसभा सचिवालयलाई सोही दिन विश्वासको मत लिने व्यवस्था मिलाइदिन पत्र पठाउनुभएको हो ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ । सिंह नेतृत्वको सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

मधेस प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का एक निलम्वितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका नौ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्वितसहित नौ, नेकपा (एकीकृत समाजवादी) पार्टीका सात तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका एक÷एक जना प्रदेशसभा सदस्य  छन् ।रासस