२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरद्वारा शहीद विनोद महर्जनको परिवारलाई ५ लाख आर्थिक सहयोग



अ+ अ-

काठमाडौँ ।ललितपुर महानगरपालिकाले जेन—जी आन्दोलनका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

शुक्रवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शहीद विनोदकी आमा लतमाया महर्जनलाई ५ लाख आर्थिक सहायता उपलब्ध गराउनुभएको हो ।

त्यस अवसरमा उहाँले ललितपुर महानगरपालिका वडा नम्बर ७ निवासी शहीद विनोद महर्जन एक मूर्धन्य व्यक्ति भएकाले उनको निधनबाट देशले नै एउटा आँटिलो छोरा गुमाएको प्रतिक्रिया दिनुभयो । उहाँले परिवारजनलाई सम्हालिएर अघि बढन पनि आग्रह गर्नुभयो ।

मेयर महर्जनले भन्नुभयो,‘मुलुकले नै एउटा मुर्धन्य व्यक्ति, आँटिलो व्यक्ति गुमायो । मुलुकनै शोकको अवस्थामा छ । तपाई आम र परिवारको अपुरणीय क्षति भएकाले भावविह्वल हुनुत स्वभाविक कुरा नै हो । म परिवारलाई अनुरोध गर्न चाहन्छु– जाने व्यक्ति गईसक्यो । किमार्थ फर्केर आउँदैन । तसर्थ उहाँको सम्झनामा आफ्नो स्वास्थ्यनै बिग्रिने गरेर र घरले इकोनोमिनै धान्न नसक्ने गरेर तपाईहरु पीर नगर्नुस् । सम्हालिएर तपाईहरु अगाडि बढनुस । स्वास्थ्यको ख्याल गर्नुस् ।’

ललितपुरमा महानगरपालिका वडा नम्बर ७ का विनोद महर्जन कला क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो ।