१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा थानकोट-नैबिसे सडकमा ‘ओभर-ले’



अ+ अ-

काठमाडौं । कोरोना भाइरसविरुद्ध मुलुकले लकडाउन गरिरहेका बेला विस्तारै विकास निर्माणका काम पनि सुरु हुने भएका छन् । विशेषगरी सडक पूर्वाधारतर्फ काम थाल्ने सरकारको योजना छ ।

सामान्य समयमा सवारी साधनको बाक्लोे आवागमन हुने थानकोट–नैबिसे सडक लकडाउनमा सवारी नचल्ने हुँदा स्तरोन्नति हुने तय भएको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले दिएको निर्देशनलाई पालना गर्दै थानकोट–नैबिसेलगायत सामान्य समयमा सवारी साधनको बाक्लो आवागमन हुने सडकहरूको कालोपत्रेमाथि कालोपत्रे (ओभर–ले) गरिने भएको छ ।

उनले भने, “उक्त सडक खण्डको ‘ओभर–ले’ तथा स्तरोन्नति गर्नका लागि निर्माण कम्पनीलाई कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले दिएको निर्देशनलाई पालना गर्दै काम अगाडि बढाउन भनिएको छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।