२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले रसुवागढी नाका नखोल्ने



अ+ अ-

काठमाडौं । चिनले तत्कालका लागि रसुवागढी नाका नखोल्ने भएको छ । नेपाल सरकारले पत्राचार गरेको ९ दिनपछि चीनले तत्कालका लागि तोतोपानी नाका मात्रै खोल्न सकिने जनाएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

बुधबार साँझबाट आशिंक रूपमा तातोपानी नाका खुलेको छ । वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चैत १२ गते चीन सरकारलाई तातोपानी र रसुवागढी नाका सञ्चालनको आग्रह गर्दै पत्राचार गरेको थियो ।

‘चीनले कारण नखुलाई तत्कालका लागि तातोपानी नाका मात्रै खोल्ने जवाफ पठायो, यसमा पनि अत्यावश्यक वस्तु मात्रै चीनबाट आयात गर्ने सर्त छ,’ एक अधिकारीले भने ।

ती अधिकारीकाअनुसार, नेपाल प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी दुवै सञ्चालनको तयारीमा थियो । चिनले हाललाई रसुवागढी नाका नखोल्ने तातोपानीबाट मात्रै नेपालसँग कारोबार गर्ने जानकारी आफूलाई आएको तातोपानी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।