२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले रसुवागढी नाका नखोल्ने



अ+ अ-

काठमाडौं । चिनले तत्कालका लागि रसुवागढी नाका नखोल्ने भएको छ । नेपाल सरकारले पत्राचार गरेको ९ दिनपछि चीनले तत्कालका लागि तोतोपानी नाका मात्रै खोल्न सकिने जनाएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

बुधबार साँझबाट आशिंक रूपमा तातोपानी नाका खुलेको छ । वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चैत १२ गते चीन सरकारलाई तातोपानी र रसुवागढी नाका सञ्चालनको आग्रह गर्दै पत्राचार गरेको थियो ।

‘चीनले कारण नखुलाई तत्कालका लागि तातोपानी नाका मात्रै खोल्ने जवाफ पठायो, यसमा पनि अत्यावश्यक वस्तु मात्रै चीनबाट आयात गर्ने सर्त छ,’ एक अधिकारीले भने ।

ती अधिकारीकाअनुसार, नेपाल प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी दुवै सञ्चालनको तयारीमा थियो । चिनले हाललाई रसुवागढी नाका नखोल्ने तातोपानीबाट मात्रै नेपालसँग कारोबार गर्ने जानकारी आफूलाई आएको तातोपानी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।