११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

तमोर कोरिडोर सडक सञ्चालनमा

तमोर कोरिडोर सडक सञ्चालनमा
अ अ+ अ-

पाँचथर। गत शनिबारदेखि अवरुद्ध रहेको तमोर कोरिडोर सडक आजदेखि सञ्चालनमा आएको छ । पाँचथर–धनकुटा सीमामा अवस्थित नावा खोलामा सडकको ट्रयाक निर्माण गरी सडक सञ्चालनमा ल्याइएको हो ।

सडक सञ्चालनमा आएसँगै लामो समयदेखि बाटोमा रोकेर राखिएका सवारी र ढुवानीका साधन गन्तव्यतर्फ लागेका छन् । विशेष पुल नभएका खोलामा सडकको अवरोध हटाउन समय लागेको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले कोरिडोर सडकमा मुख्य अवरोध रहेको नावा खोलामा बाढीपहिरो पन्छाउने काम सकिएसँगै आज दिउँसो ४ बजेदेखि सडक सञ्चालनमा आएको जानकारी दिनुभयो । तमोर कोरिडोर सडक योजना कार्यालयसहितका निकायले सोमबारदेखि नै उक्त सडकमा झरेको पहिरो पन्छाउने तथा बाढीले भत्काएका स्थानमा सडक निर्माणको काम गरिरहेका थिए ।

गत शनिबार र आइतबारको वर्षाका कारण पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने मेची राजमार्ग अवरुद्ध बनेको छ भने पाँचथर–ताप्लेजुङलाई सुनसरीको धरानसँग जोड्ने तमोर कोरिडोर सडक अवरुद्ध थियो । तमोर कोरिडोर सडक खुलेपछि इन्धनसहितका अत्याश्यक सामग्री ढुवानी हुने प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

मेची राजमार्गको इलामको राजदुवाली क्षेत्रमा मात्रै अवरोध बाँकी छ । राजमार्ग अवरुद्ध भएपछि इलाम–फिदिम खण्ड बुधबारदेखि एकतर्फी सञ्चालनमा आएको छ भने माइखोला–जोरकलश खण्ड सञ्चालनमा आइसकेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो । रासस