३० कार्तिक २०८२, आईतवार
,
Latest
भगवान शिव र दक्ष प्रजापतिको कथाबाट सिक्न सकिने पाठः हाम्रो स्वभावमा अहंकार कसरी आउँछ ? संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत मधेश प्रदेश मुख्यमन्त्री विवादमा सर्वोच्चको सुनुवाइ भोलि हुने प्रतिगमनविरुद्ध नेकपा एमाले रामेछापको वृहत् प्रदर्शन चालु आवको पहिलो तीन महिनामा ३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स ८ घण्टासम्म फोन नछोई सुटिङमा व्यस्त हुने महेशबाबु
तपाईं के खोज्दै हुनुहुन्छ ?

३८० कैदीबन्दी फर्किए



अ+ अ-

सुदूरपश्चिम। कैलाली कारागारबाट फरार भएका ३८० कैदीबन्दी फर्किएका छन् ।

जेनजीको प्रदर्शनका क्रममा ६६७ कैदीबन्दी कारागारबाट फरार भएकोमा २८७ कैदीबन्दी अझैसम्म नफर्किएको कारागार कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कका अनुसार फर्किनेमा ३६ महिलासहितका कैदीबन्दी छन् । २१ भारतीय कैदीबन्दी फरार भएकोमा दुई जना कैदीबन्दी फर्किएका छन् । धेरैजसो कैदीबन्दी दिउँसोभन्दा रातको समयमा फर्किने गरेको कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले फरार कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन समय सीमा तोकेको थियो । सूचनामा स्थानीय प्रशासनले तोकिएको समयमा सम्पर्कमा नआएका कैदीबन्दीलाई कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो । यही असोज १३ देखि २२ गतेको अवधिमा थप ५३ कैदीबन्दी फर्किएका हुन् ।

कैदी फरारको घटनापछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार कैदीको खोजी र पक्राउका लागि कार्यदल बनाइएको थियो । कारागारमा गत साउन २३ गते कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु र ४८ कैदीबन्दी घाइते भएका थिए ।

घाइते एक जनाको अझै सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि फर्किएकालाई अन्यत्रका कारागारमा स्थानान्तरण गरिसकिएको कार्यालयका निमित्त प्रमुख ज्ञानेन्द्र ओझाले जानकारी दिनुभयो । रासस