५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

सुडानको मस्जिदमा भएको आक्रमणमा १३ जनाको मृत्यु: प्रत्यक्षदर्शी

सुडानको मस्जिदमा भएको आक्रमणमा १३ जनाको मृत्यु: प्रत्यक्षदर्शी
अ+ अ-

एजेन्सी । सुडानको मस्जिदमा अर्धसैनिक द्रुत समर्थन बलले गरेको आक्रमणमा १३ जनाको मृत्यु भएको विस्थापित परिवारहरू रहेको शहर एल–फासेरमा शरण लिइरहेका दुई प्रत्यक्षदर्शीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

नाम न छाप्ने सर्तमा उनीहरुले मस्जिदमा आक्रमण उत्तरबाट भएको र आरएसएफले अबु शोक विस्थापन शिविरलाई कब्जा गरेको तथा सुडानी सेनाले सहरलाई नियन्त्रणमा लिने प्रयास गरी रहेको बताएका छन् ।

गोलाबारी रोकिए पछि भग्नावशेष मुनिबाट १३ जनाको शव निकालेको उनीहरुले बताएका छन् ।

आक्रमणबाट बचेका एक जना व्यक्तिले बताए अनुसार आक्रमणकारी घरमा प्रवेश गर्दा मस्जिद भित्र ७० परिवार भएको जनाउदै एक्कासी गोलीको बर्षा हुदाँ १३ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको र मस्जिदको केही भागमा क्षति भएको बताएका छन् ।

सन् २०२३ अप्रिल मा सेनासँग युद्ध सुरु भएदेखि एल–फासेरमाथि आरएसएफले गरेको यो सबैभन्दा ठुलो आक्रमण भएको जनाइएको छ ।

गत वर्षको मे महिना देखि आरएसएफद्वारा घेराबन्दी गरिएको उत्तरी डार्फर राज्यको राजधानी अझै पनि सेनाको नियन्त्रणमा रहेको अन्तिम प्रमुख सहर हो, यद्यपि सेना र यसका सहयोगीहरूद्वारा नियन्त्रित क्षेत्र क्रमशः सङ्कुचित भएको छ ।

लामो समय देखि आरएसएफले लगभग दैनिक तोप र ड्रोन आक्रमणहरू गरी सहर वरपरका विस्थापीत शिविरहरूमाथि कब्जा गर्दा, सयौंको ज्यान गएको छ भने बाँचेका मानिसहरूलाई जबरजस्ती निर्वासन गरिरहेको छ ।

लाखौं विस्थापितहरु मध्ये मङ्गलबार–बुधवारको बिचमा, शहरको एक एल–फासेर अस्पतालमा २० जनाको मृत्यु भएको जनाइएको छ ।

गत महिना मस्जिदमा भएको एउटै ड्रोन आक्रमणमा कम्तीमा ७५ जनाको मृत्यु भएको थियो ।

सुडानमा युद्धले लाखौंलाई विस्थापित गरेको छ भने लगभग २ करोड ५० लाखलाई चरम भोकमरीमा धकेलेको छ, जसलाई संयुक्त राष्ट्रसङ्घले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कट क्षेत्र भनेको छ ।

भोकमरीले दशौँ हजार मानिसहरूको ज्यान लिएको छ, यद्देपी त्यहाँ कुनै आधिकारिक सङ्ख्या भने छैन, अधिकांश घाइतेहरू अस्पतालमा पुग्न असमर्थ छन् र बचेका व्यक्तिहरू पनि आफ्ना परिवारका मृतकको दाहसस्कार गर्न बाध्य छन् ।

एल–फासेरमा आरएसएफको घेराबन्दीले सहरमा ठूलो भोकमरी निम्त्याएको छ, जहाँ मानिसहरू महिनौंसम्म भोकमरी सहन बाध्य छन् ।

यदि सहर अर्धसैनिक बलको हातमा गयो भने, आरएसएफ सम्पूर्ण डार्फर क्षेत्रको नियन्त्रणमा हुनेछ, जहाँ उनीहरूले प्रतिद्वन्द्वी प्रशासन स्थापना गर्न खोजेका छन् । सेनाले देशको उत्तर, मध्य र पूर्व भाग कब्जा गरी सकेको छ ।