१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रीय सदस्यले लिए शपथ



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूले शपथ लिएका छन् । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज आयोजित केन्द्रीय समितिको बैठक अघि नवर्निवाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् । 

नवनिर्वाचित केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शपथ गराउनुभयो । यही पुस ११ गतेदेखि शुरु भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले आइतबार खुल्लातर्फ १११ र समावेशीतर्फ १२५ गरी २३६ केन्द्रीय सदस्य चयन गरेको थियो । 

माओवादीको विधानले केन्द्रीय समिति २९९ सदस्यीय बनाउने व्यवस्था गरेको छ । १५ प्रतिशत केन्द्रीय समितिले मनोनयन गर्नेछ । शपथपछि केन्द्रीय समितिको पहिलो बैठक शुरु भएको छ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्नेछ । 

माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।