२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार अराजकतालाई प्रवर्द्धन गर्ने मतियार बनिरहेको छः शंकर पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले अराजकतालाई प्रवद्र्धन गर्ने मतियारको रुपमा काम गरिरहेको आरोप लगाउनुभएको छ ।

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । महासचिव पोखरेलले शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट सरकार च्युत भएको जिकिर समेत गर्नुभयो । उहाँले जेनजी प्रदर्शनपछि नेपाली समाज असुरक्षा, भय र आतंकमा बाँच्नुपर्ने बिडम्वनापूर्ण अवस्थामा रहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘आज समाज एक प्रकारले भन्ने हो भने असुरक्षामा, भयमा, आतंकमा बाँच्नुपर्ने जुन स्थिति सृजना गरिएको छ । सरकारमा रहेकाहरु शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट च्युत भएर अराजकतालाई प्रवद्र्धन गर्ने कामको मतियार बनिरहेको देख्दा यो मुलुकलाई कता लैजान खोजिँदैछ भन्ने कुराको गम्भिर प्रश्न खडा भएको कुरा म तपाईंहरुको बीचमा राख्न चाहन्छु ।’

महासचिव पोखरेलले मुलुकलाई विदैशिक चलखेलको क्रिडास्थल बनाउने प्रयास भइरहेको समेत बताउनु भयो ।