२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार अराजकतालाई प्रवर्द्धन गर्ने मतियार बनिरहेको छः शंकर पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले अराजकतालाई प्रवद्र्धन गर्ने मतियारको रुपमा काम गरिरहेको आरोप लगाउनुभएको छ ।

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । महासचिव पोखरेलले शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट सरकार च्युत भएको जिकिर समेत गर्नुभयो । उहाँले जेनजी प्रदर्शनपछि नेपाली समाज असुरक्षा, भय र आतंकमा बाँच्नुपर्ने बिडम्वनापूर्ण अवस्थामा रहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘आज समाज एक प्रकारले भन्ने हो भने असुरक्षामा, भयमा, आतंकमा बाँच्नुपर्ने जुन स्थिति सृजना गरिएको छ । सरकारमा रहेकाहरु शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट च्युत भएर अराजकतालाई प्रवद्र्धन गर्ने कामको मतियार बनिरहेको देख्दा यो मुलुकलाई कता लैजान खोजिँदैछ भन्ने कुराको गम्भिर प्रश्न खडा भएको कुरा म तपाईंहरुको बीचमा राख्न चाहन्छु ।’

महासचिव पोखरेलले मुलुकलाई विदैशिक चलखेलको क्रिडास्थल बनाउने प्रयास भइरहेको समेत बताउनु भयो ।