१४ श्रावण २०८३, बिहीबार
,
Latest
पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौकीडाँडालगायत बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरी फर्किए कुलमान



अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले बीपी राजमार्ग अवलोकन गरेर काभ्रेबाट फिर्ता हुनु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित मन्त्री घिसिङ सडक अनुगनमा जानुभएको थियो । घिसिङले बाढीपहिरोले क्षति चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गर्नुभएको थियो ।

बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको हो । संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न उहाँले सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो।

गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे—नेपालथोक खण्ड क्षति पुर्याएको थियो । उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुन: यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रुपमा बगाएको थियो।

गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायी रुपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकेको छ । कही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको छ ।