काठमाडौँ। जेनजीको एक समूह (एनटीईके–जेड)ले असोज २३ गते गर्ने भनेको आन्दोलन स्थगित गरेको छ।
संस्थाका केन्द्रीय पदाधिकारीहरुको बुधबार बसेको बैठकले आन्दोलनमा अराजक तत्वहरू प्रवेश गर्न सक्ने र अप्रिय घटना हुन सक्ने आशंकाका कारण भोलिको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाइएको छ ।
‘२३ गते घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले यस आन्दोलनलाई हामी एनटीईके–जेड का केन्द्रीय पदाधिकारीहरूले छलफल गरी २३ गते हुने आन्दोलनलाई हाल उक्त परिस्थितिका कारण स्थगित गर्ने निर्णय गरिएको छ र सो छलफल गरी आउने समयमा हुने शान्तिपूर्ण आन्दोलनको मिति जानकारी गराउने निर्णय गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ।











