११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पोखराको पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत

पोखराको पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत
अ अ+ अ-

गण्डकी। पोखरा पर्यटन परिषद्ले पोखराको पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वमा पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिसहितको टोलीले गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्यालसमक्ष जेनजी आन्दोलनका क्रममा पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन बुुझाएको हो ।

प्रतिवेदनमा पोखराका विभिन्न १० वटा होटेल तथा व्यावसायिक संस्थामा ठूलो क्षति भएको उल्लेख गरिएको छ । प्रतिवेदनअनुुसार पोखराको होटल सरोबरमा रु एक अर्ब, बगैँचा रिसोर्टमा ४० करोड, होटेल गुडविलमा २० करोड, पोखरा इभेन्ट सेन्टरमा १९.५ करोड, अङ्शुुभरा कम्लेक्समा रहेका पसल तथा व्यवसायमा रु आठ करोड, बरपीपल रिसोर्टमा तीन करोड र होटल एडम प्रालिमा एक करोड क्षति भएको अनुमान गरिएको छ ।

त्यस्तै, होटेल ल्याण्डमार्कमा रु २५ लाख, सामुदायिक सेवा केन्द्र बैदाममा १२ लाख, मन्त्र थकालीमा पाँच लाखको क्षति भएको अनुुमान गरिएको छ । उक्त क्रममा उक्त संस्थामा जोडिएका विभिन्न कार्यालय, बैंकका साथै कतिपय होटेलमा स्वदेशी एवं विदेशी पर्यटकका सामानमा पनि क्षति भएको परिषद्ले जनाएको छ ।

पर्यटकीय यामको सुरुआतकै समयमा भएको आन्दोलन एवं आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनका कारण समग्र पर्यटन क्षेत्रमा परेको असर आउँदो पर्यटकीय याममासमेत पर्ने देखिएको भन्दै परिषद्ले यस विषयमा संवेदनशील भई व्यवसायी बचाउनका लागि अनुरोध गरेको छ ।

“विगतमा पनि कोभिड–१९ ले आक्रान्त बनाउँदा गण्डकी प्रदेश सरकारले बिनाब्याज रू १५ लाख बराबरको व्यवसायी जीवनरक्षा कर्जा उपलब्ध गराई व्यवसायीलाई राहत प्रदान गरेको थियो”, परिषद्ले प्रतिवेदनमा भनेको छ, “वर्तमान परिप्रेक्ष्यमासमेत अविलम्ब व्यवसायी जीवन रक्षा कर्जा उपलब्ध गराई पर्यटन व्यवसाय बचाउनका लागि हार्दिक अनुरोध गर्दछौं।”

समस्याको दीर्घकालीन समाधान गर्ने र पीडित पर्यटन व्यवसायीलाई उचित क्षतिपूर्ति दिलाउने तर्फ गण्डकी प्रदेश सरकार तथा सम्बन्धित निकायले आवश्यक पहलकदमी लिइ तत्काल समस्याको समाधान गर्नका लागि आग्रह गरिएको छ ।

भेटका क्रममा पर्यटन व्यवसायीले पर्यटन क्षेत्रको पुनःउत्थानका लागि पर्यटन मन्त्रालय अन्तर्गतका पूर्वाधारतर्फबाट बजेटलाई कटौती गर्दै प्रवर्द्धनका क्षेत्रमा लगाउन आग्रह गरिएको छ । त्यस्तै टुक्रे योजनाका बजेटसमेत कटौती गरी पर्यटन क्षेत्रमा नै लगानी गर्न पनि आग्रह गरिएको परिषद्का महासचिव जीवन सापकोटाले जानकारी दिनुुभयो । रासस