११ श्रावण २०८३, सोमबार
,
Latest
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गी नियन्त्रणमा काठमाडौँ महानगरपालिकाको बहुसाझेदार कार्यक्रम प्रभावकारी



अ+ अ-

काठमाडौँ। बर्षा याममा महामारीका रुपमा फैलिने डेङ्गी महामारी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले अघि सारेको बहुसाझेदार कार्यक्रमले सकारात्मक नतिजा देखाएको छ।

महानगरपालिका क्षेत्रभित्रको तथ्याङ्क हेर्दा अहिले डेङ्गी संक्रमणको दर घटेको देखिएको छ । २०८० सालको असारदेखि २०८१ सालको साउन मसान्तसम्म महानगरपालिकाभित्र ३ हजार ५८६ जनामा डेङ्गी संक्रमण भएको थियो ।

यो संख्या गएको बर्ष (२०८१ साउनदेखि २०८२ असारसम्म) बढेर ५ हजार ६३७ पुगेको थियो । यस वर्ष गएको साउनदेखि अहिलेसम्म ३४९ जनामा यो संक्रमण देखिएको छ । मध्य बर्खाको समयमा ३५० जनाभित्र संक्रमण भएका व्यक्तिको संख्या सीमित हुनु नियमित कार्यक्रमको नतिजा हो ।

यसका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयमसेवक, टोल विकास संस्था, स्थानीय तथा सामाजिक संघसंस्था, क्लव र नागरिक स्तर प्रतिनिधिहरु महानगरपालिकाको डेङ्गी नियन्त्रण अभियानमा सँगै हुनुहुन्छ । उहाँहरु लामखुट्टेको बासस्थान नष्ट गर्नु अभियानमा सदैब क्रियाशील हुनुहुन्छ । यो अभियान निरन्तर चलिरहेको छ ।

यसअन्तर्गत महानगरपालिकाको केन्द्रीय कार्यालयसँगै सार्वजनिक सेवा प्रदायक कार्यालय, वडा र समुदाय स्तरमा लार्भा तथा लार्भा उत्पादन हुन सक्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानको मुख्य भूमिका छ । अभियानको अर्को पक्ष र्‍यापिड रेस्पोन्स टीम (आरआरटी) गठन पनि हो । यो टीमले विरामीको उपचारमा सहजीकरण गर्ने, समस्या समाधानका लागि परामर्श दिने, रोग पहिचान गर्ने लगायत काम गरिरहेको छ ।

माइकिङ् गर्ने, विद्यालयका विद्यार्थीलाई जोखिमका बारेमा थाहा दिने, टोल, समुदाय र घर दैलो कार्यक्रममार्फत हरेक नागरिक समक्ष पुग्ने र उहाँहरुलाई डेङ्गी नियन्त्रण अभियानमा सहभागी हुन प्रोत्साहित गरिरहेका छौँ ।

वातावरण व्यवस्थापन विभागले सरसफाइ र स्वच्छताका कार्यक्रमलाई थप प्रभावकारी बनाउने, स्वास्थ्य विभागले स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत निदानात्मक र उपचारात्मक सेवामा र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) सेवा दिने, जीवन जल, सिटामोल जस्ता औषधि उपलब्ध गराउने, चौबिसै घण्टा टेलिफोनबाट परामर्श दिने, नगर प्रहरी बलले लार्भिसाइड छर्किने काम गरिरहेका छन् ।

यस्तै बिरामीहरूलाई आवश्यक पर्ने रगत र रक्त तत्वका लागि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरेर निःशुल्क उपलब्ध गराउने गरिएको छ । यससँगै अस्पताल जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ ।

हामी चनाखो छौँ । नागरिक स्वास्थ्य सुरक्षाको उत्तरदायित्वप्रति जिम्मेवार छौँ । र, नियमित काम गरिरहेका छौँ । यति हुँदाहुँदै पनि महामारी नियन्त्रण हाम्रो मात्र प्रयासले सम्भव छैन । यसका लागि हरेक व्यक्तिले आफ्नो बासस्थान र परिसरमा डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्न आवश्यक छ ।

विरामीको सहज उपचार सेवाका लागि प्रदेश र संघ सरकारको सहकार्य आवश्यक छ । यसका लागि हामी प्रयासरत छौँ । र, सहकार्यमा काम गरिरहेका छौँ ।

यसर्थ, अहिलेसम्म नियन्त्रणमा रहेको डेङ्गीको जोखिम बढ्न नदिन हरेक व्यक्ति र समुदायसँग सहकार्यका लागि अनुरोध गर्दछौँ ।