१४ श्रावण २०८३, बिहीबार
,
Latest
पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर



अ+ अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।

आयोगले आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्री राजकुमार गुप्ता एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री रन्जिता श्रेष्ठसमेत सात जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

तत्कालिन मन्त्री गुप्ताले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौतीका लागि घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको र भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाखको घुस डिल गरेको अडियोसमेतलाई अनुसन्धान गरेका आधारमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

आयोगले तत्कालिन मन्त्री गुप्ताविरुद्ध रु ७८ लाख, पूर्वमन्त्री श्रेष्ठविरुद्ध रु ७८ लाख, मालपोत कार्यालय, कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीविरुद्ध रु ५३ लाख, घरजग्गा व्यवसायी/बिचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङविरुद्ध रु ७८ लाख, प्रतिवादी खेम पुन भन्ने खमबहादुर पुनविरुद्ध रु २५ लाख, प्रतिवादी यामकुमारी गुरुङविरुद्ध रु ७८ लाख, प्रतिवादी तुल्सीराम बुढा मगरविरुद्ध रु ७८ लाख विगोसहित कसुर तथा सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो । रासस