११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। हाल देशका विभिन्न भागमा गएको बाढीपहिरो र सडक कटानका कारण मुख्य राजमार्ग तथा सडक खण्डपूर्ण रूपमा अवरुद्ध भएका छन् ।

जिल्ला रसुवा, सङ्खुवासभा, काभ्रे र रुकुम (पूर्वी भाग) मा केही दिनअघिको अबिरल वर्षा र भू–भागीय जोखिमका कारण सडक यातायात प्रभावित भएको हो ।

यातायात अवरुद्ध हुँदा दसैँका लागि काठमाडौँ उपत्यका बाहिरिएका सर्वसाधरणलाई उपत्यका फर्किन सास्ती भएको छ । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले अवरुद्ध भएका सडकखण्डको मर्मतकार्यलाई प्रथामिकता दिएर जतिुसक्दो चाँडो यातायात व्यवस्थापनमा सहज गरिने बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले सडक अवरुद्ध भएका कारण दसैँ सकेर उपत्यका फर्कने कतिपय स्थानका यात्रुले सास्ती बेहोर्नुपरेको बताउनभयो ।

“अहिले विषेशगरी नेपालको पूर्वी क्षेत्रका सडक अवरुद्ध भएका कारण उपत्यका बाहिरिएका सवारीसाधन समयमा नै फर्किन पाएनन् । यात्रुहरूले पनि सास्ती बेहोर्नुपरको छ । सम्भव भएको स्थानमा हामीले वैकल्पिक मार्ग प्रयोग गरेका छौँ,” उहाँले भन्नुभयो, “यसपटक सरकारले विपद्का कारण अवरुद्ध सडकखण्डको समयमा नै मर्मत गरिरहेको पाइयो । कतिपय सम्भव नभएका सडकखण्ड अवरुद्ध भए पनि अन्य सडकखण्डका पहिरो समयमा नै पन्छ्याउदा सहज पनि भएको छ ।”

यी हुन् पूर्ण रूपमा अवरुद्ध सडक

गत असारको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित नेपाल र चीनलाई जोड्ने मितेरी पुल क्षति पुर्‍याएको छ । पुलमा क्षति भएपछि यतिबेला सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द रहेको छ ।

त्यसैगरी, सोही गाउँपालिका–२ बालुवाखानी र तातोपानी क्षेत्रमासमेत पासाङ ल्हामु सडक खण्ड माथिबाट सुक्खा पहिरो र ढुङ्गा खसेपछि बाटो पूर्णरूपमा बन्द भएको छ । यसै सडकखण्डको गोसाइँकुण्ड–३, फ्याङलुङ क्षेत्रमा भोटेकोसी खोलाले करिब ३५–४० मिटर सडक कटान गरेपछि उक्त खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४, बरुणखोला नजिक बाढीले ह्युम पाइप बगाएपछि खाँदबारी–थुमसुर खण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार वर्षायामभर यो खण्ड सञ्चालनमा ल्याउन कठिन भएको र अब मनसुन सकिएसँगै सडक मर्मतको कार्य अगाडि बढाइने छ ।

त्यस्तै, मकालु गाउँपालिका–३, एकुवा नजिक पनि कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्ड पहिरोले पूर्ण रूपमा रोकिएको छ ।

यही असोज १८ गते बिहान ११ बजे काभ्रेको रोशी गाउँपालिका–११ माम्तीखोला, डालाबँसी र बुलढुङ्गा आसपासको बिपी राजमार्ग माथिबाट ढुङ्गा खसेपछि बाटो दुबै तर्फी अवरुद्ध भएको हो । सडक सफाइ र मर्मत कार्य भइरहेको विभागले जनाएको छ ।

रुकुम (पूर्व) को भूमे गाउँपालिका–४, काँडाबगरस्थित मध्यपहाडी लोकमार्ग मङ्गलबार साँझ पहिरो झरेर पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक माथिबाट लेदो, ढुङ्गुर माटोको ठूलो मात्रा खसेका कारण बाटो खुलाउन कठिनाइ भइरहेको जनाइएको छ ।

विभागको अनुसार १ सय ७४ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् । रासस