काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज सुन प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको हो ।
यससँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोलामा दुई लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला दुई हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।








