१४ श्रावण २०८३, बिहीबार
,
Latest
पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीका कारण पोखराको पर्यटनमा असर



अ+ अ-

गण्डकी। दसैँलगत्तै देशभर आएको बाढीका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर परेको छ ।

मौसम विभागको पूर्वानुमानसँगै सम्भाव्य जोखिमलाई दृष्टिगत गरी असोज १८ गतेदेखि २० गतेसम्म गरिएको अत्यावश्यक बाहेकका सार्वजनिक यातायात सञ्चालनमा रोक एवम् देशका विभिन्न स्थानमा परेको पानीका कारण पर्यटकको आगमन प्रभावित बनेको हो ।

यस अघिका वर्षमा दसैँको टीका सकिएसँगै पोखरा घुम्न आउने पर्यटकका कारण पोखराका होटेलमा कूल क्षमताको ८० प्रतिशत भन्दा बढी भरिभराउ हुने गरेकोमा यसवर्ष सो सङ्ख्या घटेर ३० प्रतिशतमा सीमित भएको होटेल सङ्घ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो ।

दसैँको टीका लगाएसँगै पूर्णिमासम्म बिदा हुने भएकोले देशका विभिन्न भागबाट बिदाको उपयोग गर्न पारिवारिक भ्रमणमा पोखरा आउने प्रचलन अत्याधिक रहेको उहाँले बताउनुुभयो ।

“अघिल्ला वर्षहरूमा दसैँपछि कोजाग्रत पूर्णिमाको दिनमा त यहाँका होटेलमा कोठा नै पाउन मुस्किल हुन्थ्यो”, उहाँले भन्नुुभयो, “यस वर्षत अधिकांश होटेलहरूमा पर्यटकको सङ्ख्या अत्यन्त न्यून रहेको छ ।”रासस