३० कार्तिक २०८२, आईतवार
,
Latest
भारत १५ वर्षपछि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग पराजित, १२४ रन पछ्याउन सकेन भगवान शिव र दक्ष प्रजापतिको कथाबाट सिक्न सकिने पाठः हाम्रो स्वभावमा अहंकार कसरी आउँछ ? संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत मधेश प्रदेश मुख्यमन्त्री विवादमा सर्वोच्चको सुनुवाइ भोलि हुने प्रतिगमनविरुद्ध नेकपा एमाले रामेछापको वृहत् प्रदर्शन चालु आवको पहिलो तीन महिनामा ३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङको सिदिङवा गाउँपालिकामा बोलेरो गाडी दुर्घटना, एकजनाको मृत्यु



अ+ अ-

ताप्लेजुङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङखोपस्थित सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छभने छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार थर्पुबाट आङखोपतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३४७० नम्बरको बोलेरो गाडी आज साँझ करिब ६ः३० बजे सडकबाट करिब २०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सिदिङवा गाउँपालिका–३ आङखोपका ६० वर्षीय लोकबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरी दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइते सबै सिदिङ्वा गाउँपालिकावासी हुन । दुई जना भने गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार लोकबहादुर चौहान र प्रकाश चौहान गम्भीर घाइते भएको बताइएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि लैजाने कार्य भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी छ ।