३० कार्तिक २०८२, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत मधेश प्रदेश मुख्यमन्त्री विवादमा सर्वोच्चको सुनुवाइ भोलि हुने प्रतिगमनविरुद्ध नेकपा एमाले रामेछापको वृहत् प्रदर्शन चालु आवको पहिलो तीन महिनामा ३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स ८ घण्टासम्म फोन नछोई सुटिङमा व्यस्त हुने महेशबाबु पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा जेन–जी आन्दोलनकारीले दमकल समेत छोडेनन्, अपाङ्गता भएकाहरु बोक्ने बस पनि जलाएः चिरिबाबु महर्जन सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी गोरखामा असोजमै हिमपात



अ+ अ-

गोरखा। पुस, माघ लागेपछि मात्रै हिउँ पर्ने उत्तरी गोरखामा यो वर्ष असोजमै हिमपात भएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका–१ साम्दोमा सोमबार हिमपात भएको हो ।

असोजमै हिमपात भएपछि जनजीवन सामान्य प्रभावित बनेको साम्दोका स्थानीय निमा ग्याल्जेन लामाले बताउनुभयो । “जाडो मौसममा पर्ने हिउँभन्दा अहिले परेको हिउँ धेरै गहुङ्गो हुन्छ।

यस्तो हिउँले आलुलगायत बालीमा असर पुर्याउँछ”, उहाँले भन्नुभयो,“हाल बाक्लो हिमपात नभएकाले खेतीबालीमा असर देखिएको छैन ।”

लामाका अनुसार आज दिउँसोबाट अलिअलि घाम लाग्न थालेकाले हिउँ विस्तारै पग्लिँदै गएको छ । अब मौसम सफा हुनेबित्तिकै खेतीबाली भित्र्याउने तयारीमा आमकिसान छन् ।

साम्दो समुद्री सतहबाट तीन हजार ८९० मिटर उचाइमा अवस्थित छ । यहाँ आलु र फापर मात्र उत्पादन हुन्छ । साम्दोवासीको मुख्य व्यवसाय पर्यटन हो । हिउँ परेपछि पर्यटक भने उत्साहित भएका छन् ।

मनास्लु आरोहणको सिजन सुरु भएसँगै गाउँमा पर्यटकको चहलपहलसमेत बढेको स्थानीयले बताएका छन् । रासस