१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

प्रचण्डको प्रस्तावमा प्रधानमन्त्रीले भने- किन चाहियो अलग्गै संयन्त्र ?

प्रचण्डको प्रस्तावमा प्रधानमन्त्रीले भने- किन चाहियो अलग्गै संयन्त्र ?
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारभन्दा बाहिरको कुनै पनि संयन्त्र आवश्य नरहेको बताएका छन् । केही दिनअघि नेकपा अध्यक्ष प्रचण्डले कोरोना भाइरसको नियन्त्रणका लागि एक सर्वदलीय उच्चस्तरीय संयन्त्र आवश्यक रहेको कुरा सार्वजनिक गरेका थिए । तर पनि अहिलेको अवस्थामा सरकारभन्दा भिन्न अरू कुनै पनि संयन्त्र आवश्यक नभएको आज प्रधानमन्त्रीले बताएका छन्। उनले प्रचण्डको सो प्रस्तावको ठाडै विरोध गर्दै भने, अहिलेको अवस्थामा सरकारकै राम्रो काम गरिरहेको छ, किन अर्काे संयन्त्र चाहियो ?

शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ संवाद गरेका प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी ढंगले काम गरिरहेको भन्दै सरकार भन्दा अलग्गै अर्काे कुनै पनि संयन्त्र आवश्यक नरहेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका हुन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीकै संयोजकत्वमा प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र बनाउनु पर्ने बताएका थिए। कोरोना रोकथाम तथा नियन्त्रणका लागि त्यस्तो संयन्त्र चाहिने प्रचण्डको तर्क थियो।
तर कतिपयले यसलाई प्रचण्ड आफैले यसको नेतृत्व गर्नेगरी अर्काे संयन्त्रको माग गरिरहेका पनि बताएका छन् । यसका साथै, प्रधानमन्त्रीले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारीरिक रूपमा तन्दुरूस्त र त्यसबापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए।

सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आफ्ना प्रदेशमा कोरोनाभाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयासबारे छलफल भएको थियो।
प्रचण्डले सो संयन्त्रको माग गरेपछि त्यसको विरोधमा सबैभन्दा पहिला ७० करोड रुपैयाँ घुस मागेको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएर बसेका पूर्वमन्त्री गोकुल बाँस्कोटाले विरोध गरेका थिए । उनले सरकारले के नराम्रो काम गर्यो अथवा अर्काे संयन्त्रको खाँचो किन पर्यो भनेर प्रचण्डमाथि नै जाइलागेका थिए ।