१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन तत्काल हट्दैनः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार गरिएको भिडियो कन्फरेन्समा सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग कोरोना भाइरसविरुद्ध लड्न सरकारभन्दा बाहेक अन्य आवश्यक नरहेको बताएका छन् । सिंहदरबारबाट प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्स गरेका थिए ।

फाईल फोटो

कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशभर लागु गरिएको लकडाउन तत्काल नहट्ने बताए । भिडियो कन्फरेन्समा उनले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको पनि बताए ।

साथै प्रधानमन्त्री ओलीले भारतमा कोरोना संक्रमण तीव्र गतिले बढिरहेको बेला नेपालमा लकडाउन हटाउँन नसक्ने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले सीमा नाकामा अझै थप कडाई गर्नुपर्नेमा सबै मुख्यमन्त्रीहरूलाई सुझाव दिएका छन् ।