२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन उल्लंघन गर्नेलाई दुई घन्टासम्म जनचेतना कक्षा



अ+ अ-

लकडाउनको समयमा बाहिर निस्कनेलाई पक्राउ गरेर दिनभरि राखेर छाड्दा पनि अटेर गरेपछि इलाका प्रहरी कार्यालय धरानले जनचेतना कक्षा दिन थालेको छ । प्रहरीले सडकमा भेटिएका स्थानीयलाई धरान– १२ स्थित पब्लिक स्कुलको खेलमैदानमा लगेर घाममा राखेर दुई घन्टासम्म कोरोनाबारे जनचेतना दिन थालेको हो । मर्निङवाक वा आवश्यक काम नपरी बाहिर निस्किनेहरूलाई नियन्त्रणमा लिई दुई घन्टासम्म कोरोनाबारे जानकारी गराएर छाड्न थालिएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार शुक्रबार साँझ सडकमा निस्केका एक सय ६० जना र शनिबार सडकमा निस्किएका ३४ महिलासहित एक सय ६३ जनालाई दुई घन्टा खेलमैदानमा राखेर कक्षा दिइएको छ । इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर तथा र्‍यापिड रेस्पोन्स टिमका संयोजक हेमराज ओलीले नियन्त्रणमा लिइएका सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्ने उपाय र हुने जोखिमबारे जानकारी गराएर छाडिएको बताएका छन् ।

सो क्रममा २९ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । ती मोटरसाइकल लकडाउन सकिएपछि मात्र फिर्ता गर्ने ओलीले जानकारी दिए । दुई दिनयता धरानमा लकडाउनलाई कडा पारिएको छ । गाडी, मोटरसाइकलमा गस्ती पठाइएको छ । घरबाहिर रहने स्थानीयलाई भित्र रहन प्रहरीले भन्दै आएका छन् । धरान प्रवेश गर्ने चारैतिरका नाकामा कडाइ गरिएको छ । लकडाउनलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ ।

लकडाउन उल्लंघन गरेर शनिबार दिउँसो धरान– १३ र २० नंं। वडामा पर्ने जंगलमा दाउरा काट्न गएका २५ जना स्थानीयलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट दाउरा काट्न प्रयोग गर्ने विभिन्न प्रकारका १७ थान घरेलु हतियारसमेत नियन्त्रणमा लिएको छ । दाउरा काट्दै गरेको समयमा सशस्त्र सुरक्षा बल धरान– १३ ले नियन्त्रणमा लिएको हो । दाउरा काट्न प्रयोग गर्ने पाँच थान बञ्चरो, पाँच थान खुकुरी, चार थान दाउ र तीन थान खुर्पा बरामद गरी धरान उपमहानगरपालिकालाई बुझाइएको सशस्त्र प्रहरीका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । नयाँ पत्रिका दैनिक