३० कार्तिक २०८२, आईतवार
,
Latest
भगवान शिव र दक्ष प्रजापतिको कथाबाट सिक्न सकिने पाठः हाम्रो स्वभावमा अहंकार कसरी आउँछ ? संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत मधेश प्रदेश मुख्यमन्त्री विवादमा सर्वोच्चको सुनुवाइ भोलि हुने प्रतिगमनविरुद्ध नेकपा एमाले रामेछापको वृहत् प्रदर्शन चालु आवको पहिलो तीन महिनामा ३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स ८ घण्टासम्म फोन नछोई सुटिङमा व्यस्त हुने महेशबाबु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै



अ+ अ-

काठमाडौँ। यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ ।

सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदैन  आएको छ ।

यस वर्ष सोही मितिमा दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा विवेककुमार लालले ७५३ स्थानीय तहमा दुईदिने अभियानमा पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी गराउनुभयो । यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिने उहाँले बताउनुभयो ।

निर्देशक डा लालले भन्नुभयो, “छ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलका साथै जुकाको औषधि खुवाइने छ ।”

महाशाखाकाअनुसार अघिल्लो चरणमा भिटामिन ‘ए’ क्यापसुल खाने करिब ९० प्रतिशत र जुकाको औषधि खाने करिब ८७ प्रतिशत रहेका छन् । रासस