३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँमा फसेका बाबुछोरा छ दिनपछि गाउँ फर्किए



सन्दर्भ तस्बिर, फाइल
अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन् । हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्लिँदै गएपछि उहाँहरू गाउँ आउन सफल भएका हुन् । 

अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उहाँका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फस्नुभएको थियो । चौँरी गोठ सार्ने क्रममा हउँपहिराले बगाएसँगै उहाँहरू ओडारमा अल्झिएर बस्तुएको थियो । उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि बाबुछोरा बसेको ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन सकेको थिएन ।

हिउँ पर्न रोकिएसँगै जमिएर रहेको हिउँ पनि बिस्तारै बग्दै गएपछि आज दिउँसो उहाँहरू गाउँ निस्कन सफल भएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिनुभयो । हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिनुभयो । समुद्र समत चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौँरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फस्नुभएको थियो ।