३० कार्तिक २०८२, आईतवार
,
Latest
भगवान शिव र दक्ष प्रजापतिको कथाबाट सिक्न सकिने पाठः हाम्रो स्वभावमा अहंकार कसरी आउँछ ? संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत मधेश प्रदेश मुख्यमन्त्री विवादमा सर्वोच्चको सुनुवाइ भोलि हुने प्रतिगमनविरुद्ध नेकपा एमाले रामेछापको वृहत् प्रदर्शन चालु आवको पहिलो तीन महिनामा ३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स ८ घण्टासम्म फोन नछोई सुटिङमा व्यस्त हुने महेशबाबु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले पाइप बगाएपछि ५०० परिवार खानेपानीबाट वञ्चित



फाइल फोटो
अ+ अ-

सर्लाही। अविरल वर्षापछिको बाढीले खानेपानीको पाइप बगाएपछि यहाँको लालबन्दीमा ५०० परिवार खानेपानी सुविधाबाट वञ्चित भएका छन् ।

लालबन्दी नगरपालिका–१५, कालिञ्जोर खोलाले पाइप बगाएको हो । सोही वडाअन्तर्गत खोलाको ड्याममाथि निर्माण गरिएको रिजर्भ ट्याङ्कीबाट खोला किनार हुँदै लालबन्दी–१५, चिसापानी क्षेत्र र १६ परवानीपुर क्षेत्रमा खानेपानी पु¥याइएको थियो । खोलाले दुवैतर्फको पाइपलाइनमा क्षति गरेको वडाध्यक्ष गोरख बलले जानकारी दिनुभयो ।

हाल चिसापानी, परवानीपुरलगायत क्षेत्रका ५०० परिवारले एक घण्टा समय लगाएर ठडेगैरी पँधेराबाट पानी ल्याउन बाध्य हुनुपरेको स्थानीय सानो बाबु कार्कीले बताउनुभयो । उमेरले ६७ वर्ष पुग्नुभएका कार्कीले घरमा तन्नेरी कोही नहुँदा आफूले निकै कष्ट बेहोर्नु परिरहेको गुनासो गर्नुभयो ।

घरमा धारा जोडेको हप्ता दिन नहुँदै बाढीले पाइपलाई बगाएको हो । बाढीले लगभग १०० मिटर पाइपमा क्षति पुगेको वडाध्यक्ष बलले जानकारी दिनुभयो ।

यसअघि बेमौसमी वर्षापछि हरिवन खोलामा बाढीले बागमती नगरपालिका–१, मा रहेको बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानीको मुख्य पाइप लाइनमा क्षति पु¥याएको थियो । एक सय ५० मिटर पाइप खोलाले बगाएपछि नगरपालिका–२ र ३ का १३ सय ५० घरधुरी खानेपानीबाट वञ्चित भएका थिए । पाइप बगाएको ठाउँमा मर्मतको काम भइरहेको संस्थाका अध्यक्ष वसन्त भट्टराईले जानकारी दिनुभयो । रासस