१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखविरुद्ध सुधन गुरुङको किटानी जाहेरी,भएन दर्ता



अ+ अ-

काठमाडौँ। निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउको माग गर्दै आफूलाई जेन–जी समूहको नेता दाबी गर्ने सुदन गुरुङ प्रहरी परिसर काठमाडौं पुगेका छन् ।

गुरुङ काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा लिखित जाहेरी लिएर पुगेका थिए। तर प्रहरीले जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको स्रोतले जनाएको छ।

यसैबीच काठमाडौं उपत्यका प्रहरी परिसरले सुरक्षाको कारण देखाउँदै सम्पूर्ण वृत्तलाई फिर्ता बोलाएको छ । ‘सडकबाटै देखाइदिन्छौँ’ भन्दै गुरुङको टिमले धम्की दिएपछि प्रहरीले सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई वृत्तमा तानिएको हो ।