५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितको उद्धार र राहत वितरणमा विराटनगर महानगरको पहल



अ+ अ-

विराटनगर। विराटनगर महानगरपालिकाले अविरल वर्षाका कारण महानगर क्षेत्रमा प्रभावित परिवारलाई राहत वितरणमा कुनै कमी हुन नदिने जनाएको छ ।

महानगर प्रमुख नागेश कोइरालाले आज यहाँ क्रियाशील सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गरी यस कार्यमा सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ ।

महानगरको समन्वयमा आज बिहानको खाना अग्रवाल सेवा समितिले उपलब्ध गराएको थियो भने अहिले साँझको खाना राउण्ड टेबलले उपलब्ध गराउने भएको छ ।

महानगर प्रमुख कोइरालाले रेडक्रसलगायत अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग समेत छलफल गरी सहयोगका लागि सहजीकरण गरिएको बताउनुभयो । त्यसक्रममा रेडक्रसले त्रिपाल र ‘म्याट्रेस’ उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

अग्रवाल सेवा समितिको सहयोगमा विराटनगर–१२ स्थित सम्पन्न बस्तीका बाढीपीडितलाई खाद्यान्न वितरण गरिएको पनि जनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा महानगर प्रहरीले आइतबार ३०० परिवारलाई उद्धार गरी बखरी आधारभूत विद्यालयमा राखेको छ । रासस