१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

दाङका युवाले बनाए स्वचालित ‘सेनिटाइजर टनेल’

दाङका युवाले बनाए स्वचालित ‘सेनिटाइजर टनेल’
अ अ+ अ-

दाङ । कोरोना संक्रमणको जोखिम कम गर्न घोराहीका एक युवाले स्वचालित रूपमै सेनिटाइजर छर्किने उपकरण तयार गरेका छन् । यसअघि विभिन्न प्राविधिक सामग्री र उपकरण बनाएर ‘युवा वैज्ञानिक’ का रूपमा चिनिएका मार्सल रोकाले अहिले कार्यालय प्रवेश गर्दा गेटमा अटोमेटिक सेनिटाइजरको फोहरा छर्ने उपकरण तयार गरेका हुन् । यसलाई उनले ‘सेनिटाइजर टनेल’ नाम दिएका छन् । रोकाको नेतृत्वमा १० युवाको टोलीले सेनिटाइजर टनेल तयार पारेका हुन् । उक्त टनेल घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमा जोड्न थालिएको छ । रोकाले स्थापना गरेको संस्था मेल्टा टेक्नोलोजीले उक्त टनेल अहिले प्रतिष्ठानमा निस्शुल्क जडान गरिदिन थालेको छ ।

दाङको घोराहीका युवा वैज्ञानिक मार्सल रोका सेनिटाइजर टनेल निर्माण गर्दै ।

मान्छे गेटमा पुग्नेबित्तिकै मेसिनको सेन्सरले थाहा पाउँछ र आवाज निकाल्दै ६ वटा नोजल ९प्वाल० बाट पूरै शरीरमा पर्ने गरी सेनिटाइजर छर्किन्छ । १० फिट लम्बाइ, ६ फिट चौडाइ र आठ फिट उचाइको टनेलमा मोटरसाइकल, स्कुटर लगायतका साधनसमेत सहजै प्रवेश गर्न सक्छन् । ‘भित्र पस्दा हेल्मेट फुकालेर, हात माथि गर्दै जानुपर्छ । यसो गर्दा शरीरका हरेक भागमा सेनिटाइजर पर्छ र कीटाणु भए मर्छन्,’ रोकाले भने, ‘मानिस गएपछि पाँच सेकेन्डसम्म नोजलबाट सेनिटाइजर आउँछ र त्यसपछि आफैं बन्द हुन्छ ।’ उक्त उपकरण २४सै घण्टा आफैं चल्ने र रात परेपछि अटोमेटिक बत्ती पनि बल्ने व्यवस्था गरिएको उनले जनाए । उनका अनुसार कुनै कारणवश स्वतस् नचलेमा आफैं स्विच अन गरेर चलाउन मिल्नेछ ।

उपकरण बनाउन स्थानीय सामग्रीहरूको प्रयोग गरिएको र यसका लागि एक लाख ५० हजार रुपैयाँ खर्च लागेको उनले बताए । सेनिटाइजर पनि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै तयार गरेको उनले दाबी गरे । ‘यसमा प्रयोग भएका पदार्थले शरीरमा कुनै असर गर्दैन । छालामा कुनै समस्या पनि आउँदैन,’ उनले भने, ‘सबै परीक्षण गरेर रसायनशास्त्रीको प्रत्यक्ष निगरानीमा तयार गरिएको हो । यो हरेक कार्यालयमा उपयोगी हुनसक्छ ।’ उनका अनुसार एक जना मानिसलाई एक पटकमा ५० देखि ७० मिलिलिटर सेनिटाइजर लाग्ने र दैनिक एक हजार मानिस प्रवेश गरेमा ८६ लिटर खपत हुनेछ । टनेलमा एक हजार लिटर क्षमताको ट्यांकी जडान गरी सेनिटाइजर राखिएको छ ।

दाङ घोराहीका युवा वैज्ञानिक मार्सल रोकाले तयार गरेको सेनिटाइजर टनेल ।

‘सेनिटाइजर सकिएपछि थप्नेबाहेक अरू केही गर्नु पर्दैन । सबै प्रविधि अटोमेटिक चल्छ,’ रोकाले भने, ‘सेनिटाइजर पनि हामीले नै उत्पादन गरिरहेकाले नियमित चलाउन समस्या छैन ।’ १० दिनमा यस्ता १५ वटा टनेल तयार गर्न सकिने उनले दाबी गरे । विभिन्न ठाउँबाट माग पनि आउन थालेको मेल्टा टेक्नोलोजीका निर्देशक रविन पोख्रेलले बताए । उनका अनुसार दैनिक पाँच हजार लिटर सेनिटाइजर उत्पादन गर्न सकिने र यसको मूल्य प्रतिलिटर ५० देखि ७० रुपैयाँ मात्रै पर्नेछ । ‘स्थानीय कच्चा पदार्थ प्रयोग हुने भएकाले धेरै सस्तोमा तयार गर्न सकिन्छ । यसको गुणस्तरमा कुनै समस्या छैन,’ उनले भने, ‘बजारमा पनि छर्किने योजना बनाएका छौं । बजारका विभिन्न ठाउँमा छर्केर कोरोनाको जोखिमबाट बचाउन भूमिका खेल्न सकिन्छ ।’

भेन्टिलेटर र पीपीई पनि तयार गर्ने काम भइरहेको उनले बताए । उनका अनुसार १५ हजार रुपैयाँको लागतमा भेन्टिलेटर बनाउने तयारी भइरहेको छ । सेनिटाइजर टनेलका सबै मापदण्ड परीक्षण गरेर मात्रै उपयोग गर्न थालेको प्रतिष्ठानकी उपकुलपति डा। संगीता भण्डारीले बताइन् । ‘यसबारे हामीले सबै अध्ययन र अनुसन्धान गर्‍यौं । स्वास्थ्यको मापदण्डअनुसार तयार गरिएको छ । हामीले प्रमाणित गरेर मात्र प्रयोग गर्न थालेका हौं,’ उनले भनिन्, ‘युवा वैज्ञानिकले निकै उदाहरणीय काम गर्नुभएको छ । हामीले हातमा मात्रै सेनिटाइजर लगाएर हुँदैन, पूरै शरीरलाई यसले कीटाणुबाट मुक्त गराउँछ ।’ आइतबारसम्म टनेल जोडिसक्ने गरी तयारी गरिएको भण्डारीले बताइन् । यो देशकै लागि नयाँ र नमुना काम भएको उनको भनाइ छ ।

२०६६ मा ५० रुपैयाँको लगानीमा अटोमेटिक पम्प कन्ट्रोलर निर्माण गरेर बजारमा ल्याएका रोकाले अहिलेसम्म विभिन्न उपकरण बनाइसकेका छन् । २७ वर्षीय रोकाले नाकाबन्दीका क्रममा खोटो र प्लास्टिकबाट पेट्रोल बनाएर परीक्षण गरेका थिए । कुखुराको गन्ध हटाउने औषधि, अण्डाको सतह बलियो बनाउने औषधि, टाढाको आवाज नजिक ल्याउने प्रविधि, विद्युत् बल्बको अटोमेटिक स्विच अन–अफ हुने प्रविधि, बाढी आएको जानकारी दिने प्रविधिलगायत दुई दर्जन बढी प्रविधि र उपकरण उनले आविष्कार गरिसकेका छन् । युवा वैज्ञानिकका रूपमा उनले विभिन्न पुरस्कार र सम्मान पनि पाइसकेका छन् । कान्तिपुर दैनिक