२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद आचार्यद्वारा स्वास्थ्य समाग्री प्रदान



अ+ अ-

रसुवा । रसुवा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य इन्जिनियर मोहन आचार्यले व्यक्तिगत तवरमा रसुवा जिल्लामा कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गर्नुभएको को छ। जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी सुरक्षा कर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सांसदले
विपद ब्यबस्थापन समितिलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुभयो।

जिल्ला विपद कोषमा रहने गरि जिल्ला प्रशासन कार्यालय रसुवा लाई उपलब्ध गराइएको सामग्रीमा चालीस थान पीपीई सेट, यसै गरि चस्मा चालीस थान,बुट चालीस थानरहेको छ भने चार सय थान केएन नाईन्टी फाईभ मास्क र पन्जा पन्ध्र सय थान रहेको छ । सांसद आचार्यले प्रदान गर्नु भएको सामग्रीहरु आवश्यकता अनुसार जिल्लाका पाँच वटै स्थानीय तहमा पठाइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आफूहरुलाई सामग्री उपलब्ध गराउन माग गरिरहेको बताउँदै भण्डारीले यो सामग्रीले हामीलाई धेरै सहज हुने बताउनुभयो । यस अधि पनि सांसद आचार्यले जिल्लालाई आवश्यक स्वास्थ्य सामाग्री उपलव्ध गराउनु भएको थियो । सांसद आचार्यले ले जिल्लाका विपन्न परिवारलाई खाद्यान्न समेत उपलब्ध गराउदै आउनुभएको छ।