काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक शुरु भएको छ ।
सोमवार दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ ।
साथै मनसुनजन्य विपद् प्रतिकार्यको तयारी र सरकारको भुमिकाबारे पनि छलफल हुने बताइएको छ । देशलाई मनसुनजन्य विपद्ले तहसनहस पारेको बेलामा पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।










