३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

पर्यटकीय गन्तव्य बन्दै कोरला नाका

पर्यटकीय गन्तव्य बन्दै कोरला नाका
अ+ अ-

मुस्ताङ । कोरला नाका पछिल्लो केही वर्षयता पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला)सडक सहज हुँदै जान थालेपछि कोरला नाका भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै जान थालेको छ ।

समुद्री सतहको (चार हजार ६१०) मिटर अग्लो उचाइमा रहेको (नेपाल–चीन) उत्तरी कोरलानाका २४ नं सीमास्तम्भ अर्थात् जङ्गे पिल्लर मुख्य नाका प्रवेशद्वार हो । यही प्रवेशद्वार रहेको कोरला नाकामा बर्सेनि हजारौँ आन्तरिक पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् । मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्ने ५० प्रतिशत आन्तरिक पर्यटक कोरला नाका अवलोकनका लागि जाने गरेका छन् ।

यहाँ आउने आन्तरिक पर्यटक मुक्तिनाथको दर्शन गरी उपल्लो मुस्ताङ र कोरलानाका अवलोकनका लागि प्रस्थान गर्ने गरेको पाइएको छ । उपल्लो मुस्ताङ भ्रमणका लागि ५०० डलर राजस्व तिरेर प्रवेश अनुमति लिने विदेशी पर्यटक भने सीमा नाकामा जान पाउँदैनन् ।

सुरक्षा संवेदनशीलताका कारण उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरीको (बिओपी) चेक पोस्ट कटेर नाकामा जान पाउँदैन । दसैँ पर्वसँगै मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जेनजी आन्दोलनले उत्पन्न परिस्थिति र हालै देखिएका प्रतिकूल मौसमको प्रक्षेपणका बाबजुद मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दसैँपछि असोज १७ र १८ गते गरी दुई दिनमा छ हजार १७३ नेपाली आन्तरिक पर्यटक र ६८८ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ छिरिङकिप्पा लामाले जानकारी दिनुभयो । यसैगरी दुई दिनको अवधिमा दुई हजार २१७ सवारीसाधन मुस्ताङ भित्रिएको प्रनाउ लामाको भनाइ छ ।

नेपाल–चीन उत्तरी कोरला नाका भ्रमणका लागि आन्तरिक पर्यटकको सङ्ख्या दसैँपछि ह्वात्तै बढेको न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले जानकारी दिनुभयो । दसैँ पर्वको असोज १७ र १८ गतेका दिनमा दैनिक एक हजार ५०० आन्तरिक पर्यटकले कोरला नाकाको अवलोकन गरी फर्किएको उहाँको भनाइ छ ।

यसैगरी दसैँपछिको तेस्रो दिन आइतबार मात्रै एक हजार ७०२ आन्तरिक पर्यटक कोरला नाका पुगेको सशस्त्र प्रहरीका बिओपी इञ्चार्ज थापाले उल्लेख गर्नुभयो । नाका अवलोकनका लागि न्हेचुङस्थित सशस्त्र प्रहरी चेक प्वाइन्टमा १२६ बस, जिप र कार भित्रिएका छन् । यसैगरी चेक प्वाइन्टमा इन्ट्री भई २२४ मोटरसाइकल कोरला नाका पुगेको बिओपी इञ्चार्ज थापाले उल्लेख गर्नुभयो ।

उच्च स्थानमा अवस्थित नेपाल–चीन उत्तरी कोरला नाका अवलोकनका लागि जाने नेपाली पर्यटकमा चिसो र हाइअल्टिच्युडका कारण विभिन्न समस्या देखिने गरेको पाइएको छ । नाकामा अक्सिजन कमीका कारण हाइअल्टिच्युड हुने सम्भावना र चिसोका कारण सवारीसाधन स्टार्ट हुन समस्या हुने आदि समस्या देखिएको इञ्चार्ज थापाले बताउनुभयो ।

नाका पुगेका पर्यटक तथा सवारीसाधनलाई चिसोका कारण समस्या देखिने र उनीहरुको उद्धार गर्न समस्या देखिएकाले आजदेखि दैनिक बिहान ७ बजे नाका प्रवेश र साँझ ४ बजे नाकाबाट फर्किएर न्हेचुङ चेक पोस्टबाट भित्रिनुपर्ने कार्यतालिका सार्वजनिक गरिएको इञ्चार्ज थापाले जनाउनुभयो ।

बहुचर्चित यहाँको उत्तरी कोरला नाकामा पुगेका नेपाली आन्तरिक पर्यटक नेपाल–चीनको २४ नं जङ्गे पिल्लरको प्रोफाइल राखेर राष्ट्रिय झन्डा फहराउँदै व्यक्तिगत र सामूहिक रुपमा फोटो तथा भिडियो खिच्ने गरेका छन् । कोरला नाका अवलोकनका लागि पुगेका नेपाली पर्यटकले नाका छेउ त्रिपाल टाँगेर व्यापार चलाएर बसेका सीमावर्ती क्षेत्रका व्यापारीसँग कोसेलीका रुपमा चिनियाँ सामान किनमेल गर्ने गरेको ढिन्डुप गुरुङले जानकारी दिनुभयो ।

नाकामा नेपाली पर्यटक आउन थालेपछि स्थानीय नाकामा व्यापार गर्न बसेका व्यापारी उत्साहित भएको उहाँले बताउनुभयो । नाका पुगेका नेपाली आन्तरिक पर्यटकले उत्तरतर्फ सीमापारि चीनको तिब्बती भूमिमा निर्माण भएको भव्य संरचना हेरेर खिन्न हुन्छन् ।

चीनले उत्तर÷दक्षिण व्यापारिक मार्गका रुपमा विस्तार गर्ने उद्देश्यले ठूलाठूला भव्य भौतिक संरचना बनाइसकेको छ । यहाँको कोरला नाकालाई सरकारले पूर्ण रुपमा सञ्चालन गरे पनि नाकामा नेपालका तर्फबाट आवश्यक भौतिक संरचना निर्माण हुन सकिरहेका छैनन् ।