काठमाडौं । शनिबार र आइतबार पाँच प्रदेशमा भारी वर्षा हुँदा पहाडमा पहिरोले ठूलो क्षति पुर्याएको छ । तराई डुवानमा परेको छ ।
दुई दिनको बाढी, पहिरो र सवारी दुर्घटनामा परेर ५३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये ६ जनाले पाँचथर जीप दुर्घटनामा ज्यान गुमाएका हुन् भने अरुले बाढी, पहिरो र चट्याङका कारण ज्यान गुमाएका हुन् ।
बाढी, पहिरोमा परेर २ हजार २३ घर परिवार विस्थापित भएका छन् भने १९ पशुचौपायाको मृत्यु भएको छ । १९१ घर डुबानमा छन् ।
तस्बिरहरु : रासस















