१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

चराएकै ठाउँबाट भाग्न थाले मौरी, सुरक्षित घारसम्म पुर्याउने वातावरण बनाइदिन आग्रह

चराएकै ठाउँबाट भाग्न थाले मौरी, सुरक्षित घारसम्म पुर्याउने वातावरण बनाइदिन आग्रह
अ अ+ अ-

नारायण ढुङ्गाना, काठमाडौँ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) का बेला स्वास्थ्य सुरक्षा अपनाएर अत्यावश्यक काम, कृषि कर्म, उद्योग व्यवसाय तथा विभिन्न आयोजनाहरु सञ्चालन गर्न दिने सरकारको निर्णय छ । यसरी काम गर्दा सुरक्षित र आवासीय रुपमा बसेर काम गर्नुपर्ने हुन्छ ।

सुरक्षात्मक उपाए अपनाएर कृषि कर्म गर्न दिन सरकारी निर्णय भए पनि मौरी किसानले भने काम गर्न पाएका छैनन् । एउटा जिल्लाबाट अर्को जिल्लामा मौरी चराउन लगेका मौरीपालक किसान भने कृषि कर्मबाटै वच्चित हुनु परेको गुनासो गरिरहेका छन् । किसानले सम्बन्धित स्थानीय प्रशासनबाट पास पाउन नसक्दा जङ्गलमा वेवारिसे अवस्थामा मौरी छाड्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

नेपाल मौरीपालक महासङका केन्द्रीय अध्यक्ष शिवप्रसाद पौडेलले भन्नुभयो, “अरु कृषि कर्म गर्नेलाई पास दिन्छ, तर मौरीपालक किसानलाई राज्यले ध्यान दिन सकेन ।” कृषि तथा पशुपंक्षी मन्त्रालयले सिफारिस गरेर पठाए पनि गृहबाट आदेश नआएको भन्दै उहाँले स्थानीय प्रशासनले पास नदिँदा समस्यामा परेको बताउनुभयो । मौरीको हेरचाह गर्न नपाउँदा रानोसहित मौरी भाग्न थालेको उहाँको भनाइ छ ।

अहिलेको मौसम मौरीलाई जङ्गलमा लगेर चराउने अनि जङ्गल मै मह काढ्ने समय हो । मौरीको रानो बृद्धि पनि यही समयमा हुन्छ । त्यसपछि घार बढाउन पाईन्छ । अहिले लकडाउनको मार त विश्वव्यापी भएका बेला नेपालको हरेक क्षेत्र प्रभावित भइरहेकै छ । आवश्यक सुरक्षा अपनाएर कर्म गर्न जानुपर्नेमा स्थानीय प्रशासनबाट सहजीकरण हुन नसक्दा भने मौरीमा ठूलो क्षति बेहोर्नुपर्ने अवस्था देखिएको किसानले बताएका छन् ।

नेपाल मौरी पालक महासङ्घ चितवन शाखाका अध्यक्ष रोशन पण्डित पनि त्यही समस्यामा हुनुहुन्छ । उहाँले महोत्तरीमा १०० घार र परासीमा ६० घार मौरी चराउन राख्नुभएको छ । स्थानीय प्रशासनले पास नदिँदा मौरीको हेरचाहन गर्न सक्नु भएको छैन । “जिल्ला भित्रैमा मौरी चराउन समस्या छ भने अर्को जिल्लामा घार भएकालाई झन् कति समस्या होला”, उहाँले भन्नुभयो । “हामी सुरक्षित साथ सरकारले जारी गरेको मापदण्डअनुसार जान चाहन्छौँ, मह काढ्ने बेला यही हो, मौरीको घार बढाउने बेला पनि हो, तर सरकारले महलाई प्राथमिकता दिएन, महलाई व्यवसाय नै हो जस्तो देखिएको छैन”, पण्डितले गुनासो गर्दै भन्नुभयो ।

चिउरीको मौसममा पानी परेकाले उत्पादन घट्ने अवस्थाका किसान लकडाउन र पास नपाउँदा दोहोरो मारमा किसान छन् । नेपालको कुल उत्पादन झण्डै दुई हजार ५०० मेट्रिक टन हो । नेपालमा सेरेना र मेलिफेरा जातको मौरी पालिन्छ । व्यावसायिक किसानले मेलिफेरा बढी पाल्छन् । गोला निरीक्षण, गोला विभाजन गर्ने समयमा हेरचाह नगर्दा मौरी भाग्ने समस्या हुन्छ । मान्छेसँगै भए भागेको मौरी फर्काउन पनि सकिन्छ । पहिलो पटक नजिकै बुटामा गएर बस्छ । दोस्रो पटक अलि पर जान्छ । त्यसपछि माथि रुखमा र समाउन नसक्ने गरी जान्छ र हराउँछ ।

पश्चिम दाङका मौरीपालक किसान दीपक श्रेष्ठ पनि पास नपाउँदा सबैभन्दा ठूलो समस्या बेहोर्नुपरेको गुनासो गर्नुहुन्छ । गोला बढाउने, मह काढ्ने र मौरी एक ठाउँबाट अर्को ठाउँमा लैजाने समयमा सहजीकरण नहुनु किसानका लागि अन्याय हो भन्नुहुन्छ उहाँ । “लकडाउनलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो, स्वास्थ्यमा हामी पनि सचेत छौँ, सरकारको आदेश मान्छौँ, तर यो बेलामा अन्य क्षेत्र जस्तै कृषिकर्म गर्न पाउने व्यवस्था सरकारले मिलाउनुपर्छ”, उहाँ भन्नुहुन्छ ।

एक जिल्लाबाट अर्को जिल्लामा मौरी चराउन लगेका किसानको पीडा झन् ठूलो रहेको नेपाल मौरीपालक महासङ्घका उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठ बताउनुहुन्छ । उहाँले आफ्नो पनि १०० घारमा मौरीको नयाँ रानो देखिएको छ । नयाँ रानो देखिनु भनेको पुरानो रानो र मौरी भाग्नु हो । यस्तै अवस्था रहने हो भने मौरीमा करोडौँको क्षति हुने अवस्था रहेको उहाँले बताउनुभयो ।

सर्लाहीका मौरीपालक किसान हेमराज देवकाटा पनि सोही पीडामा चिन्तित हुनुहुन्छ । मौरीको सिजनमा अवस्था राम्रो भए पनि पास व्यवस्थापन नहुँदा क्षति बेहोर्ने अवस्थामा रहेको उहाँले सुनाउनुभयो । “काम गर्न भनेर हिँड्यो बिचैमा प्रहरीले रोकिदिन्छन्, जानै पार्इँदैन”, देवकाटाले दुखेसो गर्नुभयो ।

मौरी राखेको ठाउँबाट स्थानीयले तपाईंको मौरी रुखमा गएर गुँड लगाएर बसेको छ भनेर फोनमा जानकारी गराउँछन् तर त्यहाँ जानसक्ने अवस्था नभएको महासंघका केन्द्रीय अध्यक्ष पौडलले भन्नुभयो । उहाँले अहिले मौरी वेवारिसे जस्तै भएको भन्दै सहजीकरण गरिदिन गृह प्रशासनसँग आग्रह गर्नुभएको छ । गतवर्षको विवरणअनुसार मुलुकमा करिव ७० हजार गोला मौरी छ । छ हजार ५०० मौरी किसान छन् । अहिलेको अवस्थाले मौरीको गोला घट्नेस्थिति देखिएको किसानले बताएका छन् ।