३० कार्तिक २०८२, आईतवार
,
Latest
भारत १५ वर्षपछि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग पराजित, १२४ रन पछ्याउन सकेन भगवान शिव र दक्ष प्रजापतिको कथाबाट सिक्न सकिने पाठः हाम्रो स्वभावमा अहंकार कसरी आउँछ ? संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत मधेश प्रदेश मुख्यमन्त्री विवादमा सर्वोच्चको सुनुवाइ भोलि हुने प्रतिगमनविरुद्ध नेकपा एमाले रामेछापको वृहत् प्रदर्शन चालु आवको पहिलो तीन महिनामा ३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दश जना घाइते



अ+ अ-

दार्चुला। दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु गएको छभने दश जना घाइते भएका छन् । आज यहाँको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप महाकाली नगरपालिका–६ को निसिलस्थित गजुराडी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका ३० वर्षीय नरेशबहादुर पाललाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते अन्य छ जनालाई थप उपचारका लागि धनगढी ‘रिफर’ गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार २४ वर्षीय लोकेन्द्र सिँह धामी, २८ वर्षीय पङ्कज पाल, २८ वर्षीय जयबहादुर पाल, २४ वर्षीय सुमन पाल, गाडी चालक ४० वर्षीय अम्मरसिँह धामी र १४ वर्षीय सुमन पाललाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको हो । अन्य चार जनालाई उपचार गरी घर पठाइएको छ

जिपमा जम्मा ११ जना सवार रहेका थिए । जिप सडकबाट करिब डेढ सय मिटर तल खोलामा खसेको थियो । रासस