१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दश जना घाइते



अ+ अ-

दार्चुला। दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु गएको छभने दश जना घाइते भएका छन् । आज यहाँको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप महाकाली नगरपालिका–६ को निसिलस्थित गजुराडी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका ३० वर्षीय नरेशबहादुर पाललाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते अन्य छ जनालाई थप उपचारका लागि धनगढी ‘रिफर’ गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार २४ वर्षीय लोकेन्द्र सिँह धामी, २८ वर्षीय पङ्कज पाल, २८ वर्षीय जयबहादुर पाल, २४ वर्षीय सुमन पाल, गाडी चालक ४० वर्षीय अम्मरसिँह धामी र १४ वर्षीय सुमन पाललाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको हो । अन्य चार जनालाई उपचार गरी घर पठाइएको छ

जिपमा जम्मा ११ जना सवार रहेका थिए । जिप सडकबाट करिब डेढ सय मिटर तल खोलामा खसेको थियो । रासस