१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

चन्द्रागिरि नगरपालिकालाई एक लाख हस्तान्तरण

चन्द्रागिरि नगरपालिकालाई एक लाख हस्तान्तरण
अ अ+ अ-

काठमाडौं । देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चन्द्रागिरि नगरपालिकालाई रु एक लाख एक हजार सहयोग रकम हस्तान्तरण गरेको छ । कार्यालयमा आज आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष रामनारायण घिमिरेले चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीलाई सो रकम हस्तान्तरण गर्नुभयो ।

नगरपालिकाका नगर प्रमुख गिरीले विपद्मा सबैको साथ र सहकार्य आवश्यक रहेको बताउनुभयो । ‘लकडाउन’का कारण समस्यामा पर्ने नगरवासीलाई पारदर्शीरुपमा सो रकम खर्च गरिने उहाँले बताउनुभयो । स्थानीय सरकारको प्रतिनिधि, स्थानीय जनसेवकलगायत सबैले विपद्को समयमा आफूले सक्ने सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले भूकम्प र अहिले लकडाउन भनेकै एकले अर्कालाई सहयोग गर्नुपर्ने समय हो ।”

संस्थाका अध्यक्ष घिमिरेलले नगरपालिकाको पहिलो सहकारीको तर्फबाट सहयोग रहेको रहेको बताउनुभयो । विपत्तिमा परेका समुदायलाई सबैको थोपाथोपा सहयोगले उद्धार हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै सहकारी अभियन्ताले यस्तो अभियानमा साथ र सहयोग गर्न खाँचो छ ।” समाज रूपान्तरणका लागि हरेक वर्ष सीप विकास, लघुवित्त सामाजिक विकासलगायत जनमुखी र प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाले जनाएको छ ।