३० कार्तिक २०८२, आईतवार
,
Latest
यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ, हामी बिना पैसा कलाबिहीन नाटक… ओलीको प्रश्न: यो सरकार कसको हो ? भारत १५ वर्षपछि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग पराजित, १२४ रन पछ्याउन सकेन भगवान शिव र दक्ष प्रजापतिको कथाबाट सिक्न सकिने पाठः हाम्रो स्वभावमा अहंकार कसरी आउँछ ? संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत मधेश प्रदेश मुख्यमन्त्री विवादमा सर्वोच्चको सुनुवाइ भोलि हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौथो दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी



अ+ अ-

काठमाडौँ: आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ ।

विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

शनिबार वर्षाले गर्दा मान्यजनकहाँ जान नसकेकाहरुले आज बिहानदेखि काठमाडौँ उपत्यकामा पानी पर्न छोडेपछि सहज रूपमा हिँड्न पाएका थिए ।

यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादसैँ पर्व मनाउँछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने क्रम विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ ।

नजिकको परिवारका सदस्य पनि काम विशेषले टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरु हुन्छन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा विजयादशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ ।