१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहामा बाढी र डुबानको जोखिम कायमै



अ+ अ-

सिरहा। लगातारको वर्षाले सिरहामा बाढी र डुबानको जोखिम कायमै रहेको छ । हालसम्म ठूलो जनधनको क्षति नभए पनि प्रशासन र सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अन्नतराम शर्माका अनुसार वर्षाका कारण केही क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । हुलाकी सडकअन्तर्गत सहजा खोलामा पानीको बहाव बढेपछि औरही र बरियारपट्टि चौकबाटै सवारीसाधनलाई ‘डाइभर्ट’ गरिएको छ । प्रहरी टोलीहरू संवेदनशील स्थानहरूमा परिचालन गरिएका छन् ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले कमला, गागन, बलान, सरे, खुट्टीलगायतका नदी तथा खोलामा पानीको बहाव सामान्य भए पनि लगातारको वर्षाका कारण बहाव कुनै बेला पनि बढ्न सक्ने खतरा रहेको बताउनुभयो । “हामी सबै जोखिमयुक्त क्षेत्रहरूमा निगरानी गरिरहेका छौँ । नागरिकलाई सतर्क रहन अनुरोध छ ।”

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले आज कमला नदी क्षेत्रको निरीक्षण गरेको छ । कतिपय जोखिमयुक्त ठाउँमा कटान रोक्न बालुवाले भरिएका बोराहरूको प्रयोग गरी अस्थायी बाँध बनाइएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

यहाँका स्थानीय तहले पनि सक्रियता देखाएका छन् । लहान नगरपालिका प्रमुख महेशप्र्रसाद चौधरीले आज वडा नं १६ को झिरहरि खोला र वडा नं ४ का सुन्दरपुर, इस्लामपुर बस्तीको निरीक्षण गर्नुभएको छ ।

नगरपालिकाले पानी जमेको ठाउँहरूमा निकासको काम गरिरहेको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।  यस्तै, स्थानीय प्रशासनले नदी तथा खोलाका आसपासका बासिन्दालाई सतर्क रहन, जोखिम महसुस भए सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।