१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

नयाँ वर्ष २०७७ को आरम्भ

नयाँ वर्ष २०७७ को आरम्भ
अ अ+ अ-

काठमाडौं । आज २०७७ सालको पहिलो दिन अर्थात नयाँ वर्षको आरम्भ । यतिबेला हामी सबै नेपाली दाजु भाइ , दिदी बहिनीहरु कोरोना भाइरस कोभोड १९ विरुद्ध आ आफ्नै घर घरमा लकडाउनमा बसिरहेका छौ । हामी लकडाउनमा बसेको २१ औ दिन हुदैछ ।

नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ का दिन ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ ’ भन्ने ग्लोबल कम्प्याक्ट नेपालको कार्यक्रम राखेका छन् ।

प्रधानमन्त्रीले आईतबार साँझ ट्विट गरी आफूलाई सो कार्यक्रम राम्रो लागेको जनाउँदै उक्त आग्रह गर्नुभएको हो ।

यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउनलगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गर्नभएको छ । नव वर्ष २०७७ सालको अवसरमा आज सम्पूर्ण देशवासीमा शुभकामना दिँदै उहाँले उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा कोरोना (कोभिड–१९) भाइरसविरुद्ध विजय प्राप्त गर्न पनि विशेष अपिल गर्नुभएको थियो ।

यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस दिन सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गर्दै न्युज पोलारको तर्फबाट हजुरहरु सम्पूर्णलाई विश्व महामारी कोरोनालाई पराजित गरी स्वस्थ, समृद्ध र सुरक्षित विश्व निर्माणमा तपाईं हामी सबैलाई सफलता मिलोस्।कोरोना कहर जन्माएको ७६ साल शताब्दी कै कालो बर्षका रुपमा दर्ज भयो । भनिन्छ, उज्यालो हुनु भन्दा केही बेर अघी रातको अँध्यारो तुलनात्मक रुपमा घनिभुत हुन्छ । आशा गरौं। २०७७ सालको घाम विश्वमा एउटा सुन्दर विहानी लिएर उदाउने छ । नयाँ बर्ष २०७७ सालको हार्दिक शुभकाना । ?