२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्ष २०७७ को आरम्भ



अ+ अ-

काठमाडौं । आज २०७७ सालको पहिलो दिन अर्थात नयाँ वर्षको आरम्भ । यतिबेला हामी सबै नेपाली दाजु भाइ , दिदी बहिनीहरु कोरोना भाइरस कोभोड १९ विरुद्ध आ आफ्नै घर घरमा लकडाउनमा बसिरहेका छौ । हामी लकडाउनमा बसेको २१ औ दिन हुदैछ ।

नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ का दिन ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ ’ भन्ने ग्लोबल कम्प्याक्ट नेपालको कार्यक्रम राखेका छन् ।

प्रधानमन्त्रीले आईतबार साँझ ट्विट गरी आफूलाई सो कार्यक्रम राम्रो लागेको जनाउँदै उक्त आग्रह गर्नुभएको हो ।

यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउनलगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गर्नभएको छ । नव वर्ष २०७७ सालको अवसरमा आज सम्पूर्ण देशवासीमा शुभकामना दिँदै उहाँले उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा कोरोना (कोभिड–१९) भाइरसविरुद्ध विजय प्राप्त गर्न पनि विशेष अपिल गर्नुभएको थियो ।

यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस दिन सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गर्दै न्युज पोलारको तर्फबाट हजुरहरु सम्पूर्णलाई विश्व महामारी कोरोनालाई पराजित गरी स्वस्थ, समृद्ध र सुरक्षित विश्व निर्माणमा तपाईं हामी सबैलाई सफलता मिलोस्।कोरोना कहर जन्माएको ७६ साल शताब्दी कै कालो बर्षका रुपमा दर्ज भयो । भनिन्छ, उज्यालो हुनु भन्दा केही बेर अघी रातको अँध्यारो तुलनात्मक रुपमा घनिभुत हुन्छ । आशा गरौं। २०७७ सालको घाम विश्वमा एउटा सुन्दर विहानी लिएर उदाउने छ । नयाँ बर्ष २०७७ सालको हार्दिक शुभकाना । ?