२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गरौं’



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्नुपर्ने बताएका छन् । उनले निषेध गरेर जाने सोचको आयु समाप्त भईसकेकाले अब राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्दै जानुपर्ने बताएका हुन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले कोराना भाइरस (कोभिड–१९) को महामारीबाट बच्न सबैले सजगतासँगै एकता आवश्यक भएको बताए । ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं’, सन्देशमा उनले भनेका छन् ।

पुर्खाले अनादीकालदेखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस विश्व जगतले गरेको समेत उनको सन्देशमा उल्लेख छ । पूर्व राजा शाहले आफ्नो सन्देशमा भनेका छन, ‘हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ ।’

यही जगमा उभिएर समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता गर्नुपर्नेमा उनले जोड दिएका छन् । पूर्वराजा शाहले मानवीय वा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नूतन इतिहास रच्ने सफलता सबै नेपालीलाई मिलोस् भनेर कामना समेत गरेका छन् । सौर्य दैनिक