१३ असार २०८३, शनिबार
,
Latest
केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महामन्त्री कोइरालाद्वारा नयाँ बर्ष २०७७ को शुभकामना ब्यक्त



अ+ अ-

काठमाडौं । कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले नयाँ बर्ष २०७७ को अबसरमा सबै नेपालिहरुलाई शुभकामना ब्यक्त गरेका छन । महामन्त्री कोइरालाले शुभकामना सन्देश मार्फत विश्वभरी छहरीएर रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको समेत कामना ब्यक्त गरेका छन ।

महामन्त्री कोइरालाले विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण मानव जातिले नैं त्रासदीपूर्ण संकट झेलिरहेको अवस्थामा उच्च मनोबलका साथ सुरक्षित रहन पनि सबैलाई अनुरोध गरेका छन । कोरोना भाइरसका कारण उत्पन्न भएको सामाजिक तथा आर्थिक प्रभावको बारेमा संवेदनशील भएर साझा रणनितीका साथ सबै मिलेर अघी वढ्न डा. कोइरालाले सबैलाई आग्रह गरेका हुन्।

कोरोनाभाइरसको महामारीसंग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई परिणाममुखी बनाउन नेपाली कांग्रेसले सरकारलाई निरन्तर साथ दिदै आएको बताउदै अहिलेको अफ्ठेरो घडिमा सरकारले जिम्मेवार रुपमा काम गरिरहेको भन्ने कुरामा जनतालाई आश्वस्त पार्नुपर्ने पनि शुभकामना सन्देशमा कोइरालाले उल्लेख गरेका छन ।