१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

नागढुङ्गा मुग्लिन सडकका १६ स्थानमा पहिरोको उच्च जोखिम

नागढुङ्गा मुग्लिन सडकका १६ स्थानमा पहिरोको उच्च जोखिम
अ अ+ अ-

धादिङ। वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थान पहिरोको जोखिममा परेका छन् ।

आज जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख राजमार्गका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम पहिचान गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले राजमार्गमा यात्रा गर्न सकिने अवस्था नभएकाले आआफ्नो स्थानमा सुरक्षित रहन आग्रह गर्नुभयो । उहाँले सबैभन्दा बढी जोखिम बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा देखिएको बताउनुभयो ।

यस्तै, झ्याप्ले खोला (पुरानो पहिरो क्षेत्र), सुरुङ मार्ग, चार किलो (बाटो भासिएको), सात किलो, कमेरे भिर, महेश दोभानमा (लेदो र पानी सडकमा आउने सम्भावना), चिरौँदी पुल, जरेखेत पुल, गलौँदी पुल, परेवा भिर, हिलटप मोड, बाँदरे मोड, कृष्ण भिर र लाल्टिन बजारमा पहिरोको उच्च जोखिम रहेको छ ।

विपद् व्यवस्थापन टोलीका अनुसार अन्य जोखिमयुक्त स्थानमा पनि वर्षा बढेपछि तत्काल पहिरो जाने खतरा छ । हाल पहिरोमा रोकिएका सवारीसाधनलाई पहिरो पन्छाउदै गन्तव्यतर्फ पठाइएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सवारीसाधनलाई जोखिम क्षेत्र प्रवेश गर्न रोक लगाइएको र आपतकालीन सवारीसाधनलाई मात्र सुरक्षा निकायको निगरानीमा आवागमनको अनुमति दिइएको जानकारी दिनुभयो ।

सडक विभागका प्राविधिक, प्रहरी र स्थानीय निकायको सहकार्यमा जोखिम न्यूनीकरणकार्य निरन्तर भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति धादिङले जनाएको छ ।