१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती र मनोहरा नदीले सतर्कता तह पार गर्‍यो



अ+ अ-

काठमाडौं । निरन्तरको बर्षापछि बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएको छ । यससँगै, बागमती नदी र मनोहरा खोलाले जलस्तर सतर्कता तह पार गरेको छ ।

बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर पुगेको ललितपुरको खोकना जलमापन केन्द्रले जनाएको छ । त्यस्तै, मनोहरा खोलाको सतर्कता तह ४.४ मिटर रहेकोमा सो तह पार भएको छ भने नख्खु खोलामा पनि जलस्तर बढिरहेको छ ।

काठमााडौँ उपत्यकाका हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी आसपास र तलका बस्तीहरू, कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार र आसपासका क्षेत्रमा डुबानको उच्च जोखिम रहेको छ । प्रशासनले स्थानीय बासिन्दालाई सतर्क रहन र सम्भावित बाढीबाट सुरक्षित रहन आग्रह गरेको छ ।