२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती र मनोहरा नदीले सतर्कता तह पार गर्‍यो



अ+ अ-

काठमाडौं । निरन्तरको बर्षापछि बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएको छ । यससँगै, बागमती नदी र मनोहरा खोलाले जलस्तर सतर्कता तह पार गरेको छ ।

बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर पुगेको ललितपुरको खोकना जलमापन केन्द्रले जनाएको छ । त्यस्तै, मनोहरा खोलाको सतर्कता तह ४.४ मिटर रहेकोमा सो तह पार भएको छ भने नख्खु खोलामा पनि जलस्तर बढिरहेको छ ।

काठमााडौँ उपत्यकाका हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी आसपास र तलका बस्तीहरू, कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार र आसपासका क्षेत्रमा डुबानको उच्च जोखिम रहेको छ । प्रशासनले स्थानीय बासिन्दालाई सतर्क रहन र सम्भावित बाढीबाट सुरक्षित रहन आग्रह गरेको छ ।